सिंगापुर स्टार्सलाई फाइनल पुग्न १८६ रन लक्ष, पारसको राम्रो बलिंग

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा टस हारेर मद्रास क्रिकेट क्लबले पहिले ब्याटिंग गर्दै सिंगापुर इमर्जिंग स्टार्सलाई १८६ रनको लक्ष दिएको छ l  ( स्कोरकार्ड हेर्नुस )

मद्रासको लागि ओपनर स्वप्निल एस र रफी गोमेजले क्रमशः ५३ र ४० रन योगदान दिएका थिए l यस्तै वासुदेव दासले ४२ रनको योगदान दिए l

ओपनर स्वप्निल र रफीले पहिलो विकेटको लागि ९१ रनको साझेदारी गरेका थिए जसलाई पारस खड्काले तोड्दै स्टार्सलाई खेलमा फर्काएका थिए l पारसले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए l

यस्तै अर्का नेपाली बलर मेहबुब आलमले ओपनिंग बलिंग गर्दै २ ओभरमा १९ रन खर्चेर विकेटबिहिन भए l

बलिंगतर्फ स्टार्सको लागि अनन्थ कृष्णले २ विकेट दिलाए भने प्रमोध राजाले १ विकेट हात पारे l

खेलको अपडेट हेर्न क्लिक गर्नुस 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]