एकै दिन झर्यो १९ विकेट, तिन दिनमै सकियो टेस्ट

  • विकेटनेपाल, भदौ ४

दोश्रो दिनको खेल सकिंदा ४४/१ को स्थितिमा रहेको वेस्ट इन्डिजको तेश्रो दिन ९ हैन १९ जना ब्याट्सम्यान आउट भएपछि ३ टेस्ट म्याच सिरिजको पहिलो डे-नाइट टेस्टमा वेस्ट इन्डिज इनिंग र २०९ रनले पराजित हुन पुगेको छ l

एजबास्टन मैदानमा म्यान अफ द म्याच चुनिएका एलेस्टर कुकको २४३ तथा कप्तान जोए रुटको १३६ रनको इनिंग मदतले पहिलो इनिंगमा ५१४/८ को स्कोरमा इंग्ल्यान्डले इनिंग घोषणा गरेको थियो l

वेस्ट इन्डिजले त्यसपछि २ इनिंग ब्याटिंग गर्दा पनि हारको अन्तर २०९ रनको योगफल बनाउन सकेन l

ब्रोड इंग्ल्याण्डको तर्फबाट सबैभन्दा धेरै विकेट लिने दोश्रो खेलाडी बनेका छन् l

जेम्स एण्डरसनले ३ तथा स्टुवार्ट ब्रोड र रोलान्ड जोनेसले समान २/२ विकेट हात पारेपछि पहिलो इनिंगमा वेस्ट इन्डिजले ४७ ओभरमा सबै विकेट गुमाई १६८ रन बनाएको थियो l दोश्रो इनिंगमा ब्रोडले ३ तथा एण्डरसन, जोनेस र मोईन अलिले समान २/२ विकेट हात पारेपछि भ्रमण टोलि वेस्ट इन्डिज ४५.४ ओभरमा १३७ रनमै समेटिन पुग्यो l

पहिलो इनिंगमा जर्माइन ब्ल्याकउडले सर्बाधिक ७९ रन तथा दोश्रो इनिंगमा क्रेग ब्राथवेटले ४० रनको योगदान दिएका थिए l

इतिहासमै पहिलो पटक 

२६१/१९ – वेस्ट इन्डिज टेस्टको तेश्रो दिन २६१ रन जोड्दा १९ विकेट गुमायो l वेस्ट इन्डिजले टेस्टको एकै दिन १९ विकेट गुमाएको यो पहिलो पटक हो l


स्टुवार्ट ब्रोडको किर्तिमान 

टेस्टमा कुल ३८४ विकेट विकेट पुरा गर्दै स्टुवार्ट ब्रोडले इयान बोथमको ३८३ विकेटलाई उछिन्दै इंग्ल्याण्डको तर्फबाट दोश्रो सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् l जेम्स एण्डरसन ४९२ कुल विकेट सहित इंग्ल्याण्डको सबैभन्दा धेरै विकेट लिने बलर हुन् l





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]