१९३ रन लक्ष पछ्याउदै सिंगापुर इमर्जिंग स्टार, मेहबुब आलम ओपनिंग गर्दै

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा टस जितेर पहिले बलिंग गरेको सिंगापुर इमर्जिंग स्टार टिमलाई सिंहालिज स्पोर्ट्स क्लबले निर्धारित १७ ओभरमा १९३ रनको लक्ष प्रस्तुत गरेको छ l

वर्षाको कारण खेल ढिलो भएपछि खेल १७ ओभरमा झारिएको हो l

लक्ष पछ्याउन मेहबुब आलम र चामिन्दा रुवान ओपनिंग ब्याटिंग गर्न आएका छन् l

सिंहालिज स्पोर्ट्स क्लबको लागि दासुन शनाकाले सर्बाधिक अविजित ७९ रन तथा मिनोध बानुकाले ५० रनको योगदान दिए l शानाकाले २७ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए l

बलिंग तर्फ सिंगापुरे टिम को लागि महबुब आलमले सर्बाधिक २ विकेट लिए भने पारस खड्काले १ तथा अखिल बालचन्द्रले १ विकेट हात पारे l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]