भारत पराजित, लाथम र बोल्ट उत्कृस्ट – कोहलीको अर्को ठुलो रेकर्ड

  • विकेटनेपाल, ६ कार्तिक

भारतलाई पहिलो एकदिवसीयमा ६ विकेटले पराजित गर्दै न्युजिल्याण्डले ३ खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

वानखेडे मैदानमा आइतबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै भारतले दिएको २८१ रनको लक्ष भ्रमण टोलिले ४९ ओभरमा मात्र ४ विकेट गुमाई पछ्याएको थियो।

प्लेयर अफ द म्याच चुनिएका न्युजिल्याण्ड ब्याट्सम्यान टम लाथमले उत्कृस्ट अविजित १०३ रनको पारि खेल्दै जितमा नायक साबित भएका थिए भने रोस टेलरले ९५ रन बनाए । लाथम र टेलरले चौथो विकेटको लागि २०० रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । लाथमले १०२ बलमा ८ चौका र २ छक्का तथा टेलरले १०० बलमा ८ चौका प्रहार गरे ।

वानखेडे मैदानमा कुनै पनि टिमले पछ्याएको यो सबैभन्दा धेरै रन हो । यही मैदानमा २०१५ मा दक्षिण अफ्रीकाले भारतलाई २१४ रनले पराजित गरेको थियो।

टम लाथम

बोल्टको उत्कृस्ट बलिंग 

टस जितेर खराब सुरुवात गरेको भारतलाई संघर्ष गर्न बाध्य बनाउन न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्टले उत्कृस्ट बलिंग गरेका थिए । सुरुवातमै रोहित शर्मा र शिखर धवनको विकेट लिएका बोल्टले धोनी र हार्दिक पान्ड्याको समेत पेभेलियनको दिशा देखाएका थिए ।

बोल्टले १० ओभरको स्पेलमा १ मेडन ओभर सहित मात्र ३५ रन खर्चेर ४ विकेट हात पारेका थिए । यस्तै अर्का तिब्र गति बलर टिम साउथीले ३ विकेट हात पार्दा १० ओभरमा ७३ रन खर्चिएका थिए।

ट्रेन्ट बोल्ट

कोहलीको ३१ औं शतक 

ब्याट्सम्यानहरु सुरुवात देखि संघर्ष गरेको खेलमा बिराट कोहलीले अन्तिम ओभरसम्म आफ्नो विकेट जोगाएका थिए ।

अन्तिम ओभरमा आउट भएका कोहलीले करियरको ३१ औँ शतक पुरा गर्दै १२१ रन बनाएका थिए जुन क्रममा  १२५ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

भारतको लागि अन्य ब्याट्सम्यानले ठुलो योगफल बनाउन सकेनन् । दिनेश कार्तिकले ३७, धोनीले २५, भुवनेश्वर कुमारले २६, रोहित शर्माले २० तथा हार्दिक पान्ड्याले १६ रन योगदान दिएका थिए।

बिराट कोहलीले ३१ औं शतक पुरा गरे

कोहलीको रेकर्ड

आफ्नो २०० औ एकदिवसीय खेलेका भारतीय कप्तान बिराट कोहलीले ३१ औं शतक पुरा गर्दै रिकी पोंटिंगको रेकर्डलाई पछि पार्दै एकदिवसीय शतकको गन्तिमा सचिन तेन्दुलकर पछि दोश्रो स्थानमा उकालेका छन्।

सचिन तेन्दुलकरको ४९ शतक रहेको छ भने कोहलीको ३१ र रिकी पोंटिंगको ३० शतक रहेको छ । सनथ जयसूर्या चौथो स्थानमा छन् जसको २८ शतक छ भने पाचौ स्थानमा रहेका हासिम आम्लाको २६ शतक पुगेको छ ।

२०० एकदिवसीय खेलेपछि बिराट कोहली बिश्वकै सबैभन्दा उत्कृस्ट ब्याट्सम्यान बनेका छन् । २०० वानडे पछि कोहलीको ८,८८८ रन पुगेको छ, यति रन २०० खेल पुरा गर्दा अन्य कुनै पनि ब्याट्सम्यानले पुरा गर्न सकेका थिएनन् । २०० खेल पुरा गर्दा एबि डीभीलर्सले कोहली पछि ८६२१ रन पुरा गरेका थिए भने त्यसपछि धेरै भारतीय पुर्वकप्तान सौरभ गांगुलीले ७७४७ रन बनाएका थिए । २०० वानडे पुरा हुँदा ब्रायन लाराको रन ७३७० थियो भने सचिनले ७३०५ रन बनाउन सकेका थिए ।

 

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]