एकै दिन २ शतक बन्दा भारत बलियो

  • विकेटनेपाल, साउन १९

३ टेस्ट म्याचको सिरिज अन्तर्गत भारत र श्रीलंका बीच आज कोलोम्बोमा सुरु भएको दोश्रो टेस्टको पहिलो दिन टस जितेर पहिले ब्याटिंग गरेको भारतले उत्कृस्ट सुरुवात गरेको छ l

चेतेश्वर पुजारा र अजिंके रहनेले शतकीय योगदान दिएपछि भारतले पहिलो दिनको सम्पतिमा ९० ओभर ब्याटिंग गर्दै ३४४/३ को स्कोर बनाएको छ l पुजारा १२८ रन ( १० चौका , १ छक्का ) तथा रहाने १०३ रन ( १२ चौका )  मा अविजित रहेका छन् l

टेस्ट क्रिकेटमा पुजाराले ५० औं टेस्ट खेल्ने क्रममा बनाएको १३ औं शतक हो भने रहानेले  ३९ टेस्टमा बनाएको यो ८औं शतक हो l

©ICC

यस अघि भारतले सुरुवात ३ विकेट १३३ रनको स्कोरमा गुमाएको थियो l शिखर धवन ३५ , केएल राहुलले ५७ रन बनाएर आउट हुँदा कप्तान बिराट कोहलीले पनि १३ रन मात्रै बनाउन सके l राहुल रन आउट भए, धवनलाई कुशल परेराले एलबिडब्लु आउट गरे भने कोहलीलाई हेराथले म्याथुजको हातमा क्याच थमाएका थिए l

चौथो विकेटको लागि पुजारा र रहानेले २११ रन बनाईसकेका छन् l

एकै दिन २ शतकको रेकर्ड 

अजिंके रहाने र चेतेश्वर पुजाराले टेस्टको पहिलो दिन शतक बनाउदै भारतको लागि नयाँ रेकर्ड कायम गरे l श्रीलंकासंगको पहिलो टेस्टमा शिखर धवन र पुजाराले शतक लगाएका थिए l लगातार २ टेस्टको पहिलो दिनमा २ वटा शतक बनाएको भारतले टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक हो l

धेरैले पढेको :-

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]