जब २ रनको लागि ४० मिनेट कुर्नु पर्यो

  • विकेटनेपाल, माघ २२ – सोमबार

भारतीय र दक्षिण अफ्रीका बीच जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीय पनि आरामले जित्दै पाहुना टिम भारतले २-० को अग्रता लिएको छ। दोश्रो एकदिवसीय खेलमा दक्षिण अफ्रीका ९ विकेटले पराजित हुँदा एउटा अनौठो प्रसंग अहिले चर्चाको बिषय बन्न पुगेको छ।

के भएको थियो त ?

खेलमा भारतीय स्पिनरहरु युज्बेन्द्र चाहल र कुलदीप यादवले उत्कृस्ट प्रदर्शन गर्दै घरेलु टोलिलाई ११८ रनको झिनो योगफलमा रोकेका थिए।जवाफमा भारतका लागि शिखर धवनले अविजित ५१ रन तथा कप्तान कोहलीले अविजित ४६ रन बनाएपछि खेल भारतले सहज रुपमा जितेको थियो ।

दक्षिण अफ्रिका मात्र ३२.२ ओभरमा अलआउट भएपछी लन्च ब्रेकलाई पछाडी धकेल्दै भारतले जवाफी ब्याटिंग सुरु गरेको थियो ।

भारतको स्कोर १६ ओभरमा ९८/१ भएको अवस्थामा अम्पायरले खेल अरु ४ ओभर ( १६ औं ओभर सहित ) को लागि सारेका थिए।

लक्ष्य पछ्याउदै जादा भारतले १९ ओभरको समाप्तीमा १ विकेट गुमाएर ११७ रन बनाईसकेको थियो र जितको लागि मात्र २ रन आवस्यक थियो । त्यस्तो अवस्थामा अम्पायरले लन्च ब्रेकको घोषणा गरे जसले गर्दा भारतलाई थप २ रन जोड्दै सिरिजमा २-० को अग्रता लिन थप ४० मिनेट कुर्नुपर्ने भयो।

निर्णय पछि मैदानमा रहेका करिब ८० प्रतिशत दर्शकहरु घर फर्किएका थिए।

खेलमा पाकिस्तानका अलिम दार र अड्रियन होल्डस्टकले अम्पायारिंगको तथा एन्डी पाईक्रफ्टले म्याच रेफ्रीको भूमिका निर्बाह गरिरहेका थिए।

के छ त नियम

आइसीसीको नियम ११.४.४ को नियमअनुसार “यदि दुवै टिमका कप्तान र अम्पायर तयार भएको अवस्थामा बढीमा १५ मिनेट वा ४ ओभर खेललाई लम्ब्याउन सकिन्छ तर त्यसको लागि खेलमा नतिजा आउने अवस्था हुनुपर्छ। यदि अम्पाएर उक्त थपिएको समयमा नतिजा आउन सक्ने कुरामा शंका मान्छन् भने उक्त समय थप नगर्ने अधिकार अम्पाएरमा निहित रहन्छ ।”

तर दोश्रो एकदिवसीय क्रिकेटमा खेलको नतिजा बढाईएको समयमा आउन सक्ने भन्दै खेललाई लम्ब्याईएको थियो । उक्त लम्ब्याईएको समयमा पनि नतिजा आउन २ रन टाढा रहेकाले अम्पाएरले लन्च ब्रेकको घोषणा गरेका हुन्।

निर्णयको सर्वत्र आलोचना 

अम्पाएरको यस्तो निर्णयलाई लिएर क्रिकेट विश्लेषकहरु तथा पुर्व क्रिकेटरहरुले नियम जे जस्तो भएपनि नियम ब्यबहारिक हुनुपर्ने भन्दै आलोचना गरेका छन्। हेर्नुस केहि ट्वीटहरु –





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]