नेपालद्वारा पाकिस्तान सामु २५९ रनको लक्ष प्रस्तुत

  • विकेटनेपाल, २५ पौष – मंगलबार 

पाकिस्तान र युएईमा संयुकरुपमा आयोजना भइरहेको नेत्रहीन बिश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले पाकिस्तानसंग आफ्नो पहिलो खेल खेलीरहेको छ।

पाकिस्तानको गुज्रनवाला स्थित जिन्नाह स्टेडियममा जारि खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा निर्धारित ४० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाई २५८ रनको स्कोर खडा गरेको छ।

नेपालको लागि पदम बडेलले र रमेश बहादुर बानियाले अर्धशतकीय इनिंग खेलेका थिए।

बिश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेलमा सोमबार बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। बंगलादेशले दिएको २०८ रन लक्ष उसले १७ ओभरमै पुरा गरेको थियो। बदर मुनिर एक्लैले १४५ रन बनाउदै खेलको म्यान अफ द म्याच चुनिएका थिए।

६ टिम सहभागी प्रतियोगितामा नेपाल र बंगलादेशले मात्रै पाकिस्तानमा खेल्न मानेका थिए भने श्रीलंका, अस्ट्रेलिया र इंग्ल्याण्डले आफ्नो खेलहरु युएईमा खेल्नेछ।

नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

( फोटो – निरोज गिरि )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy