नेपालद्वारा पाकिस्तान सामु २५९ रनको लक्ष प्रस्तुत

  • विकेटनेपाल, २५ पौष – मंगलबार 

पाकिस्तान र युएईमा संयुकरुपमा आयोजना भइरहेको नेत्रहीन बिश्व कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले पाकिस्तानसंग आफ्नो पहिलो खेल खेलीरहेको छ।

पाकिस्तानको गुज्रनवाला स्थित जिन्नाह स्टेडियममा जारि खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै पहिलो इनिंगमा निर्धारित ४० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाई २५८ रनको स्कोर खडा गरेको छ।

नेपालको लागि पदम बडेलले र रमेश बहादुर बानियाले अर्धशतकीय इनिंग खेलेका थिए।

बिश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेलमा सोमबार बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो। बंगलादेशले दिएको २०८ रन लक्ष उसले १७ ओभरमै पुरा गरेको थियो। बदर मुनिर एक्लैले १४५ रन बनाउदै खेलको म्यान अफ द म्याच चुनिएका थिए।

६ टिम सहभागी प्रतियोगितामा नेपाल र बंगलादेशले मात्रै पाकिस्तानमा खेल्न मानेका थिए भने श्रीलंका, अस्ट्रेलिया र इंग्ल्याण्डले आफ्नो खेलहरु युएईमा खेल्नेछ।

नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

( फोटो – निरोज गिरि )





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]