- विकेटनेपाल, २७ साउन
भारत र श्रीलंका बीच टेस्ट सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम टेस्ट म्याच पालेकेले क्रिकेट मैदानमा सुरु भएको छ l
कप्तान बिराट कोहलीले लगातार तेश्रो पटक टस जितेपछि पुनः पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ l
श्रीलंकाले यस अघि सम्पन्न २ वटा टेस्टमा ठुलो अन्तरको हार बेहोरीसकेको छ l पहिलो टेस्टमा ३०४ रनले तथा दोश्रो टेस्टमा इनिंग र ५३ रनले भारत बिजयी भएको थियो l
दोश्रो टेस्टमा आईसीसीले अनुशासनको कारबाही गर्दै १ खेलको प्रतिबन्ध गरेपछि रबिन्द्र जडेजाको सट्टा देब्रेहाते चाइनाम्यान बलर कुलदिप यादबले खेल्ने मौका पाएका छन् l
उता देब्रेहाते स्पिनर लक्षण सन्दकनले घाइते भएका रंगना हेराथको ठाउँ लिएका छन् l यस्तै श्रीलंकाले लहिरु कुमारा र विश्व फर्नान्डोलाई मौका दिंदै धनन्जय डी सिल्भा र घाइते नुवान प्रदिपलाई प्रतिस्थापन गरेको छ l
शिखर धवन र केएल राहुलले भारतको लागि ओपनिंग ब्याटिंग गरिरहेका छन् l यो समाचार तयार गर्दासम्म भारतको स्कोर ५३/० ( ८.४ ओभर ) रहेको छ l शिखर २७ र कुलदिप २५ रन बनाएर ब्याटिंग गरिरहेका छन् l प्रत्यक्षअपडेटको लागि यो लिंक
India
1 Shikhar Dhawan, 2 KL Rahul, 3 Cheteshwar Pujara, 4 Virat Kohli (capt), 5 Ajinkya Rahane, 6 R Ashwin, 7 Wriddhiman Saha (wk), 8 Hardik Pandya, 9 Kuldeep Yadav, 10 Mohammed Shami, 11 Umesh Yadav.
Sri Lanka
1 Upul Tharanga, 2 Dimuth Karunaratne, 3 Kusal Mendis, 4 Dinesh Chandimal (capt), 5 Angelo Mathews, 6 Niroshan Dickwella (wk), 7 Dilruwan Perera, 8 Malinda Pushpakumara, 9 Lakshan Sandakan, 10 Lahiru Kumara, 11 Vishwa Fernando.