६ बलमा ६ विकेट ! त्यो पनि बोल्ड, १३ बर्षिय बलरको अद्भुत बलिंग

२०७४ श्रावण २८, शनिबार ००:००

  • विकेटनेपाल, २७ साउन

लुक रोबिन्सन  नामका यी १३ बर्षिय बलर अहिले बिश्व क्रिकेट जगतमा चर्चा बनेका छन् l

इंग्ल्याण्डको फिलाडेल्फिया क्रिकेट क्लब यु-१३ खेलाडी रोबिन्सनले ओभरको ६ वटै बलमा ६ विकेट त्यो पनि सबै बोल्ड आउट गरेपछि अन्तर्राष्ट्रिय मिडियाहरुमा फुच्चे बलर छाएका छन् l

आफ्नो टिमलाई खेल जिताउने क्रममा मात्र १ रन खर्चेर ६ विकेट लिंदै तहल्का मचाएका यी बलरको खेल हेर्न मैदानमा उनको परिवारनै उपस्थित थियो l

रोचक कुरा त के छ भने लुकको बुवा ४५ बर्षिय स्टेफेननै उक्त खेलमा अम्पायरको भूमिकामा बलिंग इन्डमै थिए र छोराको अद्भुत उपलब्धि सबैभन्दा अगाडिबाट निकाल्ने मौका पाए l त्यति मात्रै कहाँ हो र ? उनको सानो भाई १० बर्षिय म्याथु एउटै टिममा फिल्डिंग गर्दै थिए भने ६ बलमा ६ विकेट लिएको रेकर्ड दर्ता गर्ने अरु कोहि थिएन, लुककै आमा हेलेन स्कोररको भूमिकामा थिईन् l

बाबु स्टेफेनसंग लुक – Photo : Sunderlandecho.com

खेलमा लुकको हजुरबुवा ग्लेन दर्शकको रुपमा मैदानमा उपस्थित हुनु सपना भन्दा कम रोचक थिएन l

डरहम सिटि नजिक ल्यांगले पार्कमा भएको क्लब खेल पछि क्लबका जुनियर प्रशिक्षक तथा सिनियर टिमका खेलाडी समेत रहेका लुकका बाबु स्टेफेनले घटनालाई यसरी बर्णन गरे – “अवास्तविक अनुभब”

“२ ओभर बलिंग गरिसके पनि उनले विकेट लिएका थिएनन् त्यसैले उनले बलिंग परिवर्तन गर्न भनेका थिए”

“तर मैले बलिंग जारी गर्न आग्रह गरे, त्यसपछि जे भयो त्यो परिपूर्ण थियो”

“१०/१ को स्थितिमा ल्यांगले पार्क टिम राम्रो अवस्थामानै थियो तर लुकको ओभरपछि मात्र १८ रनमै समेटिन पुग्यो”

लुकको ऐतिहासिक उपलब्धि हेर्न हजुरबुवा ग्लेन दर्शकको रुपमा मैदानमा उपस्थित हुनु सपना भन्दा कम रोचक थिएन l

पहिलो इनिंगमा लुकको टिम फिलाडेल्फियाले ७६ रन बनाएको थियो जसको जवाफमा १०/१ को स्थितिमा लुक आफ्नो तेश्रो र अन्तिम ओभर बलिंग गर्न आएका थिए l जित पछि लुकको टिम प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको थियो l

“१०/१ को स्थितिमा ल्यांगले पार्क टिम राम्रो अवस्थामानै थियो तर लुकको ओभरपछि मात्र १८ रनमै समेटिन पुग्यो”  Photo : Sunderlandecho.com

उक्त रेकर्ड पछि क्लबको अफिसियलहरु १४९ बर्षिय क्लबको इतिहासमा उक्त रेकर्ड बनेको थियो कि थिएन खोजिरहेका छन् l

‘ह्याट-ट्रिक बल गर्दा र छैठौं बल गर्दा उनि आतिएका थिए, बलिंग गर्न दगुरेपछि रोकिएका थिए र पुनः आफ्नो रनअप चिन्हमा फर्किंदै आफुलाई सम्हालेका थिए” बाबु स्टेफेनले बर्णन गरे l

फिलाडेल्फिया क्रिकेट क्लब यु-१३ खेलाडी लुक रोबिन्सन अगाडी ( बल सहित ) , छेउमा उनको भाई म्याथु l Photo : Sunderlandecho.com

लुक बलिंगमा जेम्स एण्डरसन र ब्याटिंगमा मार्क उड र पल कलिंगउडलाई आदर्श मान्ने गर्छन l

यस भन्दा अगाडी अस्ट्रेलियाका २९ बर्षिय बलर एलेड कार्लेले अस्ट्रेलियाको बलार्ट क्रिकेट एसोसिएसन चौथो श्रेणी क्रिकेटमा यसै बर्ष जनवरीमा ६ बलमा ६ विकेटको दुर्लभ रेकर्ड बनाएका थिए l

समाचार श्रोत :- 

Firstpost.com , Cricket.com.ausunderlandecho.com

 

 

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy