यु-१९ टिमको फाइनल पुग्ने लक्ष

Nepal U19 Cricket Team

विकेटनेपाल, २७ मंसिर
काठमाडौँ

डिसेम्बर १५  देखि श्रीलंकामा सुरु हुने यु-१९ एसिया कप खेल्न जाने नेपाली टिमलाई सोमबार बिदाई गरिएको छ l टिम मंगलबार बिहान साढे ११ बजे प्रस्थान गर्नेछ l

रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिस्टले नेपालको रास्ट्रिय झन्डा टिम कप्तान र प्रशिक्षकलाई हस्तान्तरण गर्दै टोलिलाई बिदाई गर्नुभएको थियो l

बिदाई कार्यक्रममा बोल्दै टिमका कप्तान सन्दिप लामिछानेले टिमको आत्मविश्वास उच्च रहेको बताएका छन् –

‘टिमको आत्मविश्वास उच्च छ र टिम सन्तुलित पनि छ l एक्सपोजरको कमि हुनसक्ला तर जुन तरिकाले अहिले खेलाडीहरुले प्रदर्शन गरिरहेका छन् सबै राम्रो छ l’

लामिछानेले टिमको अन्तिम लक्ष फाइनल सम्म पुग्नु रहेको समेत बताए “समुह चरण पार गर्नु पहिलो लक्ष हो त्यसपछि फाइनल पुग्नेनै अन्तिम लक्ष हो” आफ्नो टिम माथि विश्वास देखाउदै उनले बताए l

यु-१९ टिम प्रशिक्षक बिनोद दास र कप्तान सन्दिप लामिछानेलाई नेपालको झन्डा हस्तान्तरण गर्नुहुँदै राखेप सदस्य सचिब केशब बिस्ट
यु-१९ टिम प्रशिक्षक बिनोद दास र कप्तान सन्दिप लामिछानेलाई नेपालको झन्डा हस्तान्तरण गर्नुहुँदै राखेप सदस्य सचिब केशब बिस्ट

यस्तै प्रशिक्षक बिनोद दासले ट्यालेन्ट हन्टबाट छानेर ल्याएको ५६ जना खेलाडीहरु निकै प्रतिभावान रहेको जसमध्ये ५० प्रतिशतले कुनै न कुनै बेला रास्ट्रिय क्रिकेट टिममा खेल्ने क्षमता राख्ने विश्वास ब्यक्त गरे-

‘प्राबिधिक रुपमा खेलाडीहरुलाई तयार गर्न पर्याप्त समय नपाएपनि प्रतियोगिताको लागि खेलाडीहरुलाई तयार भने तयारी गरेकोछु” दासले आफ्नो टिमका खेलाडीहरु प्रतिभावान रहेकोमा सन्तुष्ट रहेको बताए l

नेपालले डिसेम्बर १५ तारिकमा श्रीलंका संग प्रतियोगिताको पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ l समुह ‘ए’ मा रहेको नेपालको समुहमा भारत, श्रीलंका र मलेसिया रहेका छन् l प्रतियोगिताको खेल तालिका 

नेपाली टिमको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन् भने उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् l नेपाल यस अघि २०१४ मा युएईमा सम्पन्न यु-१९ एसिया कपको पहिलो चरण बाट बाहिरिएको थियो l

यो पनि पढ्नुस :- 

 

 





थप समाचार

नेपालसँग खेल्ने श्रीलंकाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको श्रीलंकाले आफ्नो […]

डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो […]

कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । बुधबार बागमती […]

‘आफुमाथी भैरहेको नियोजित षड्यन्त्रकारीलाई चाडै कानुनी दायरामा ल्याउनेछु’ पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफुमाथि पछिल्लो समयमा सामाजिक संजालबाट आफ्नो चरित्र हत्या गर्ने संस्था […]

विश्वकपका लागि पीएनजी र आयरल्यान्डको टोली घोषणा

काठमाडौं । २ जुनबाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपका लागि आयरल्यान्ड र पपुवा […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]