यु-१९ टिमको फाइनल पुग्ने लक्ष

विकेटनेपाल, २७ मंसिर
काठमाडौँ

डिसेम्बर १५  देखि श्रीलंकामा सुरु हुने यु-१९ एसिया कप खेल्न जाने नेपाली टिमलाई सोमबार बिदाई गरिएको छ l टिम मंगलबार बिहान साढे ११ बजे प्रस्थान गर्नेछ l

रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिस्टले नेपालको रास्ट्रिय झन्डा टिम कप्तान र प्रशिक्षकलाई हस्तान्तरण गर्दै टोलिलाई बिदाई गर्नुभएको थियो l

बिदाई कार्यक्रममा बोल्दै टिमका कप्तान सन्दिप लामिछानेले टिमको आत्मविश्वास उच्च रहेको बताएका छन् –

‘टिमको आत्मविश्वास उच्च छ र टिम सन्तुलित पनि छ l एक्सपोजरको कमि हुनसक्ला तर जुन तरिकाले अहिले खेलाडीहरुले प्रदर्शन गरिरहेका छन् सबै राम्रो छ l’

लामिछानेले टिमको अन्तिम लक्ष फाइनल सम्म पुग्नु रहेको समेत बताए “समुह चरण पार गर्नु पहिलो लक्ष हो त्यसपछि फाइनल पुग्नेनै अन्तिम लक्ष हो” आफ्नो टिम माथि विश्वास देखाउदै उनले बताए l

यु-१९ टिम प्रशिक्षक बिनोद दास र कप्तान सन्दिप लामिछानेलाई नेपालको झन्डा हस्तान्तरण गर्नुहुँदै राखेप सदस्य सचिब केशब बिस्ट
यु-१९ टिम प्रशिक्षक बिनोद दास र कप्तान सन्दिप लामिछानेलाई नेपालको झन्डा हस्तान्तरण गर्नुहुँदै राखेप सदस्य सचिब केशब बिस्ट

यस्तै प्रशिक्षक बिनोद दासले ट्यालेन्ट हन्टबाट छानेर ल्याएको ५६ जना खेलाडीहरु निकै प्रतिभावान रहेको जसमध्ये ५० प्रतिशतले कुनै न कुनै बेला रास्ट्रिय क्रिकेट टिममा खेल्ने क्षमता राख्ने विश्वास ब्यक्त गरे-

‘प्राबिधिक रुपमा खेलाडीहरुलाई तयार गर्न पर्याप्त समय नपाएपनि प्रतियोगिताको लागि खेलाडीहरुलाई तयार भने तयारी गरेकोछु” दासले आफ्नो टिमका खेलाडीहरु प्रतिभावान रहेकोमा सन्तुष्ट रहेको बताए l

नेपालले डिसेम्बर १५ तारिकमा श्रीलंका संग प्रतियोगिताको पहिलो खेल खेल्ने कार्यक्रम रहेको छ l समुह ‘ए’ मा रहेको नेपालको समुहमा भारत, श्रीलंका र मलेसिया रहेका छन् l प्रतियोगिताको खेल तालिका 

नेपाली टिमको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन् भने उपकप्तानी दिपेन्द्र सिंह ऐरीले गर्नेछन् l नेपाल यस अघि २०१४ मा युएईमा सम्पन्न यु-१९ एसिया कपको पहिलो चरण बाट बाहिरिएको थियो l

https://www.youtube.com/watch?v=dPWaboq_f0k

यो पनि पढ्नुस :- 

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy