मोरंग र काठमाडौँ फाइनलमा

  • विकेटनेपाल – २१ माघ , काठमाडौँ

मोरंग र काठमाडौँ आठौ बहिरा रास्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् l पुल्चोक इन्जिनियरिङ मैदानमा आज सम्पन्न पहिलो सेमीफाइनलमा मोरंगले सुनसरीलाई तथा काठमाडौँले बाँकेलाई पराजित गर्यो l

फाइनल खेल शनिबार ९ बजे खेलिनेछ l

पहिलो सेमीफाइनल खेलमा मोरंगले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा १३२/५ को स्कोर खडा गर्यो l मोरंगको लागि मोहम्मद सबिरले ५६ तथा अमृत तामांगले ५१ रनको इनिंग खेले l सबिरले ५० बलमा ६ चौका तथा अमृतले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे l सुनसरी बलर बिबेक राई र सन्तोष नेपालले २/२ विकेट लिए l

१३३ रन लक्ष पछ्याएको सुनसरी १७.५ ओभरमा ८६ रनमै अल आउट भयो र ४६ रनको जित सुम्पियो l आरिफ अन्सारी र रंजन निरौलाले ३/३ विकेट लिंदै मोरंगको जित सहज बाए l सुनसरीका केशब न्यौपानेले २७ रन बाए l खेलको प्लेयर अफ द म्याच मोहम्मद सबिर घोषित भए l

दोश्रो सेमीफाइनल खेलमा काठमाडौँले बाँकेलाई ३७ रनले पराजित गर्यो l टस जितेर ब्याटिंग गर्दै काठमाडौँले निर्धारित २० ओभरमा बनाएको १४८/७ को जवाफमा बाँकेले २० ओभर ब्याटिंग गर्दै १११/५ मात्रै बनाएपछि काठमाडौँ ३७ रनले बिजयी भयो l

काठमाडौँको लागि अजय कर्णले अविजित ४३ तथा संगम पाख्रिनले २० रन बनाए l बाँके बलर विजय साउद र अन्जन राजबंशीले ३/३ विकेट हात पारे l दोश्रो इनिंगमा बाँके ब्याट्सम्यान पवन भट्टले ४१ रन बनाएतापनि जितको लागि पर्याप्त भएन l काठमाडौँ बलर रिबेश श्रेष्ठले २ विकेट हात पारे l खेलको प्लेयर अफ द म्याच काठमाडौँका अजय कर्ण घोषित भए l

यस अघि हिजो सम्पन्न क्वार्टरफाइनल खेलमा काठमाडौँले कास्कीलाई ४ विकेटले तथा मोरंगले झापालाई ८१ रनले पराजित गरेको थियो l

काठमाडौँ, मोरंग, सुनसरी, झापा, बाँके र कास्की गरी कुल ६ वटा टिमले प्रतियोगिता माघ १७ गते देखि सुरु भएको थियो l 





थप समाचार

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]

रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको […]

वेस्ट इन्डिजविरुद्ध नेपालको कसिलो बलिङ, नेपालले पायो १६१ रनको लक्ष्य

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको […]