- विकेटनेपाल- माघ १९
आठौ बहिरा रास्ट्रिय क्रिकेट अन्तर्गत दोश्रो दिन बुधबार सम्पन्न खेलहरुमा सुनसरी र मोरंगले विजय हात पारेका छन् l
पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न पहिलो खेलमा कास्कीले टस जितेर ब्याटिंग गर्दै दिएको ७९ रनको लक्ष सुनसरीले ४ विकेट गुमाउदै १०.२ ओभरमै पुरा गर्दै ६ विकेटको जित हात पार्यो l सुनसरी बलर गयन सुबेदीले ३ तथ् बिबेक चन्द्र राई र केशब न्यौपानेले २/२ विकेट हात पारे l दोश्रो इनिंगमा ओपनर केशब न्यौपानेले सर्ब्धिक ३१ रनको इनिंग खेलेपछि सुनसरीको जित सहज बनेको थियो l कास्की बलर रंजित कुमार दासले ३ विकेट हात पारे l
बुधबारनै सम्पन्न दोश्रो खेलमा मोरंगले बाँकेलाई ४८ रनले पराजित गर्यो l टस जितेर पहिले ब्याटिंग गर्दै मोरंगले तयार गरेको १८६/५ को योगफल पछ्याउने क्रममा बाँकेले १३८ रन मात्रै बनाउन सक्यो l मोरंगका ओपनर ब्याट्सम्यान द्वय मोनाज रेले ४४ र ललन चौधरीले ४० रन योगदन दिए l बलिंग तर्फ पनि ललन चौधारीले ५ विकेट हात पार्दै जितको नायक बने l बाँके ब्याट्सम्यान पवन भट्टले ३५ रन योगदान दिए l
प्रतियोगिताको हिजो पहिलो दिन सम्पन्न २ खेलमा काठमाडौँ र बाँके बिजयी भएका थिए l
अंकतालिका
Group “A”
S.N | Teams | Played | Won | Loss | NR | Points |
1. | Banke | 2 | 1 | 1 | – | 2 |
2. | Morang | 1 | 1 | 0 | – | 2 |
3. | Jhapa | 1 | – | 1 | – | 0 |
Group “B”
S.N | Teams | Played | Won | Loss | NR | Points |
1. | Kathmandu | 1 | 1 | – | – | 2 |
2. | Sunsari | 2 | 1 | 1 | – | 2 |
3. | Kaski | 1 | – | 1 | – | 0 |