Sudurpaschim Province vs Gandaki Province Live



काठमाडौँ र बाँके बिजयी : बहिरा रास्ट्रिय क्रिकेट

आठौ बहिरा रास्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि काठमाडौँमा सुरुभएको छ l पहिलो दिन सम्पन्न भएका २ वटा खेलमा काठमाडौँ र बाँकेले बिजयी सुरुवात गरेका छन् l

रास्ट्रिय बाहिर क्रिकेट संघको आयोजनामा पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौँले सुनसरीलाई २० रनले पराजित गर्यो l टस जितेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित १८ ओभरमा तयार पारेको ९२ रनको प्रतिउत्तरमा सुनसरीले १५ ओभरमा सम्पूर्ण विकेट गुमाई ७२ रन मात्र बनाउन सक्यो l

पहिलो इनिंगमा काठमाडौँको लागि प्रणय भट्टराईले सर्बाधिक २० रन बनाए भने सुनसरी बलर निरज श्रेष्ठले ४ विकेट हात पारे l सुनसरीलाई सस्तोमा समेट्न काठमाडौँ बलर बिमल गुरुङले ३ विकेट हात पारे l

आजै सम्पन्न दोश्रो रोमान्चक खेलमा झापालाई बाँकेले १ विकेटको अन्तरले पराजित गर्यो l टस जितेर ब्याटिंग गर्दै झापाले निर्धारित १८ ओभरमा बनाएको १११/९ को प्रतिउत्तरमा ब्याटिंग गरेको बाँकेले १७ ओभरमा ९ विकेट गुमाई लक्ष प्राप्त गर्यो l बाँकेका अन्जन राजबंशीले १९ तथा दिनेश पनेरुले १६ रन बनाए l बलिंग तर्फ पनि अन्जन राजबंशीले ४ विकेट हात पारेका थिए l

प्रतियोगिताको भोलि हुने २ खेल मध्ये पहिलो खेलमा सुनसरी र कास्की र दोश्रो खेलमा मोरंग र बाँके बीच प्रतिस्पर्धा हुनेछ l

६ टिम सहभागी प्रतियोगिताको समुह ‘ए’ मा मोरंग, बाँके र झापा छन् भने समुह ‘बि’ मा कास्की, काठमाडौँ र सुनसरी रहेका छन् l प्रतियोगिता माघ २२ गते सम्म चल्नेछ l

 





थप समाचार

महिनावारी स्वच्छता दिवस : मैत्रीपूर्ण क्रिकेटमा सप्तरी विजयी

राजबिराज बालविवाह अन्त्यकाे लागि मर्यादित महिनावारी नारा संगै महिनावारी स्वक्षता दिवसकाे अवसरमा किसाेरी समूह बिच मैत्री क्रिकेट खेलमा सप्तरी विजयी […]

ICCWCL2 : स्कटल्याण्डसंग नेपालको लज्जास्पद हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा पनि नेपाल ८ विकेटले पराजित […]

स्कटल्याण्डसंग टस जितेर नेपाल ब्याटिंग गर्दै, कुशल भुर्तेल बाहिर

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौंथो तथा अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग खेल्दैछ। युनाइटेड क्रिकेट क्लब […]

एनसिएसएस रुपन्देहीद्वारा पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन सम्मानित , माधब शर्मा जिल्ला संयोजक चयन

२१ मङ्सिर , २०७९ नेपाली क्रिकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सम्मान […]

पीएसएलको ड्राफ्टमा पांच नेपाली खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पांच खेलाडी पाकिस्तानी सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । नेपाली टोलीका दुई विकेटकिपर ओपनिंग ब्याट्सम्यान […]

ICCWCL2 : नामिबियाद्वारा नेपाल पराजित

नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली नामाबियासँग ८६ रनले पराजित भएको […]