ललनको प्रदर्शनमा मोरंगलाई उपाधि : बहिरा रास्ट्रिय क्रिकेट

deaf national cricket winner morang
  • विकेटनेपाल – २२ माघ , काठमाडौँ

आठौ बहिरा रास्ट्रीय क्रिकेटको उपाधि मोरंगले लगातार दोश्रो पटक जितेको छ l फाइनल खेलमा मोरंगले काठमाडौँलाई ६६ रनले पराजित गर्यो l

शनिबार पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिंग गर्दै मोरंगले दिएको १२९ रनको लक्ष पछ्याएको काठमाडौँले ६२ रनमै सम्पूर्ण विकेट गुमायो l

उपाधि सहित मोरंगले ट्रफी र रु. ५०,००० प्राप्त गर्यो l उपविजेता काठमाडौँले ४० हजार रुपैया तथातेश्रो स्थानको सुनसरीले ३० हजार रुपैया पायो l प्रतियोगिताको उत्कृस्ट खेलाडी, उत्कृस्ट बलर तथा फाइनल खेलको म्यान अफ द म्याच मोरंगका ललन चौधरी घोषित भए l यस्तै उत्कृस्ट ब्याट्सम्यान मोहम्मद सबीर ( मोरंग ) घोषित भए l प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. ३ हजार र ट्रफी तथा अन्य विधाका उत्कृस्टले २ हजार रुपैया र ट्रफी हात पारे l

मोहम्मद सबिरले अविजित ३७, सुबोध थापाले २३ तथा ललन चौधरीले २० रन बनाएपछि मोरंगले निर्धारित २० ओभरमा १२८/४ को स्कोर बनायो l प्रतिउत्तरमा काठमाडौँका ब्याट्सम्यान रिबेश श्रेष्ठले १५ बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा पनि रन बनाउन नसकेपछि काठमाडौँले १३ ओभरमा ६२ रनमै सबै विकेट गुमायो l

ललन चौधरीले ४ विकेट लिने क्रममा ४ ओभरमा २१ रन खर्चिए भने रंजन निरौलाले २ विकेट हात पारे l काठमाडौँ, मोरंग, सुनसरी, झापा, बाँके र कास्की गरी कुल ६ वटा टिमले प्रतियोगिता माघ १७ गते देखि सुरु भएको थियो l

 





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]