कम्ब्याक म्याचमा धवनको रेकर्ड, पहिलो दिन भारत बलियो

  • विकेटनेपाल- ११ साउन

भारत ३९९/३ ( धवन १९० , पुजारा १४४* , नुवान प्रदिप ६४/३ )  बिरुद्ध श्रीलंका  ( पहिलो टेस्ट, पहिलो दिन ) 

श्रीलंका र भारत बीच ३ टेस्ट म्याचको शृंखलाको पहिलो दिनको खेल सकिंदा भारतले ३९९/३ को स्थितिमा रहेको छ l

पहिले ब्याटिंग गर्न सुहाउदो गाल मैदानको पिचमा २ भारतीय ब्याट्सम्यानले शतक बनाएपछि श्रीलंकन बलरहरुको केहि सिप लागेन l ओपनर शिखर धवनले १९० तथा तेश्रो नम्बरका चेतेश्वर पुजारले १४४ रन बनाएपछि भारत बलियो स्थितिमा छ l

©ICC

पहिलो दिन श्रीलंकाको लागि एक मात्र सफल बलर नुवान प्रदिपले सबै ३ विकेट आफ्नो पक्षमा पार्दा कप्तान बिराट कोहलीलाई ३ रनमा पेभेलियनको दिशा देखाएका थिए l

पहिलो दिनको खेल सकिंदा पुजारा १४४ र अजिंके रहाने ३९ रन बनाएर अविजित छन् l

धवनको उत्कृस्ट कमब्याक 

गत बर्ष न्युजिल्याण्ड बिरुद्ध टेस्ट सिरिजमा खराब प्रदर्शन गरेपछि टिम बाट निकालिएका धवनले मुरली विजय घाइते भएपछि टिममा सामेल हुने मौका पाएका थिए l ३१  चौका प्रहार गरेका धवनले टिममा उत्कृस्ट कमब्याक गर्दै मात्र  १६८ बलमानै ११३ को स्ट्राइक रेटले १९० रन बनाउने क्रममा विस्फोटक ब्याटिंग गरे l

पुजारा र धवनले पहिलो विकेट चाडै गुमेपछि दोश्रो विकेटको लागि २५३ रनको साझेदारी गरे ©ICC

धवनको रेकर्ड 

श्रीलंका बिरुद्ध दोश्रो टेस्ट खेलीरहेका धवनले दुवै टेस्टमा शतक बनाएका छन् जुन विश्वका कुनै पनि ब्याट्सम्यानले गर्न सकेका छैनन् l उनले यो भन्दा अघि २०१५ मा गाल मैदानमै १३४ रनको इनिंग खेलेका थिए l श्रीलंका बिरुद्ध करियरको सुरुवाती २ खेलमा २ शतक बनाउने उनि पहिलो ब्याट्सम्यान हुन् l

धवन र पुजाराको साझेदारी 

पुजारा र धवनले पहिलो विकेट चाडै गुमेपछि दोश्रो विकेटको लागि २५३ रनको साझेदारी गरे जुन श्रीलंकाबिरुद्ध दोश्रो विकेटको लागि दोश्रो सर्बाधिक रनको साझेदारी हो l २००९ मा मुम्बई टेस्टमा राहुल द्रविड र बिरेन्द्र सेहवागले २३७ रनको साझेदारी गरेका थिए l

धेरैले पढेको :-





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]