- विकेटनेपाल- ११ साउन
भारत ३९९/३ ( धवन १९० , पुजारा १४४* , नुवान प्रदिप ६४/३ ) बिरुद्ध श्रीलंका ( पहिलो टेस्ट, पहिलो दिन )
श्रीलंका र भारत बीच ३ टेस्ट म्याचको शृंखलाको पहिलो दिनको खेल सकिंदा भारतले ३९९/३ को स्थितिमा रहेको छ l
पहिले ब्याटिंग गर्न सुहाउदो गाल मैदानको पिचमा २ भारतीय ब्याट्सम्यानले शतक बनाएपछि श्रीलंकन बलरहरुको केहि सिप लागेन l ओपनर शिखर धवनले १९० तथा तेश्रो नम्बरका चेतेश्वर पुजारले १४४ रन बनाएपछि भारत बलियो स्थितिमा छ l
पहिलो दिन श्रीलंकाको लागि एक मात्र सफल बलर नुवान प्रदिपले सबै ३ विकेट आफ्नो पक्षमा पार्दा कप्तान बिराट कोहलीलाई ३ रनमा पेभेलियनको दिशा देखाएका थिए l
पहिलो दिनको खेल सकिंदा पुजारा १४४ र अजिंके रहाने ३९ रन बनाएर अविजित छन् l
धवनको उत्कृस्ट कमब्याक
गत बर्ष न्युजिल्याण्ड बिरुद्ध टेस्ट सिरिजमा खराब प्रदर्शन गरेपछि टिम बाट निकालिएका धवनले मुरली विजय घाइते भएपछि टिममा सामेल हुने मौका पाएका थिए l ३१ चौका प्रहार गरेका धवनले टिममा उत्कृस्ट कमब्याक गर्दै मात्र १६८ बलमानै ११३ को स्ट्राइक रेटले १९० रन बनाउने क्रममा विस्फोटक ब्याटिंग गरे l
धवनको रेकर्ड
श्रीलंका बिरुद्ध दोश्रो टेस्ट खेलीरहेका धवनले दुवै टेस्टमा शतक बनाएका छन् जुन विश्वका कुनै पनि ब्याट्सम्यानले गर्न सकेका छैनन् l उनले यो भन्दा अघि २०१५ मा गाल मैदानमै १३४ रनको इनिंग खेलेका थिए l श्रीलंका बिरुद्ध करियरको सुरुवाती २ खेलमा २ शतक बनाउने उनि पहिलो ब्याट्सम्यान हुन् l
धवन र पुजाराको साझेदारी
पुजारा र धवनले पहिलो विकेट चाडै गुमेपछि दोश्रो विकेटको लागि २५३ रनको साझेदारी गरे जुन श्रीलंकाबिरुद्ध दोश्रो विकेटको लागि दोश्रो सर्बाधिक रनको साझेदारी हो l २००९ मा मुम्बई टेस्टमा राहुल द्रविड र बिरेन्द्र सेहवागले २३७ रनको साझेदारी गरेका थिए l
धेरैले पढेको :-
- मोहम्मद आमिरको नजरमा यी ब्याट्सम्यान बिश्वकै उत्कृस्ट
- श्रीलंकाको नयाँ रेकर्ड
- आईपीएल इंगलिस प्रिमियर लिग भन्दा अघि ?