डेब्युमै कमालको बलिंग, दक्षिण अफ्रीका कमजोर

  • विकेटनेपाल, १४ साउन

इंग्ल्याण्ड ३५३ ( १०३.२ ओभर ) : बेन स्टोक्स – ११२, एलेस्टर कुक ८८ , मोर्केल ३/७० , रबाडा ३/८५
दक्षिण अफ्रीका १२६/८  : बभुमा : ३४* , रोलान्ड-जोनेस ४/३९

इंग्ल्याण्डको लागि आफ्नो पहिलो टेस्ट खेल्ने क्रममा टोबी रोलान्ड-जोनेसले उत्कृस्ट बलिंग गर्दै ४ माथिल्लो क्रमका दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई आउट गरेपछि अफ्रीका माथि इंग्ल्याण्ड हावी भएको छ l

बेन स्टोक्सले टेस्ट करियरको पाँचौ शतक प्रहार गर्ने क्रममा ११२ रन बनाए

केंनिंगटन ओभल मैदानमा पहिलो दिन खराब स्थितिमा रहेको इंग्ल्याण्डले दोश्रो दिनको सुरुवातमै ८८ रन बनाएका एलेस्टर कुकलाई गुमायो l त्यसपछि बेन स्टोक्सले टेस्ट करियरको पाँचौ शतक प्रहार गर्ने क्रममा ११२ रन बनाउदै इंग्ल्याण्डको स्कोर ३५० पार गराएका थिए l त्यसक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे l

इंग्ल्याण्डलाई ३५३ रनमा सिमित गरेको दक्षिण अफ्रीकाको लागि कासिगो रबाड़ा र मोर्ने मोर्केलले ३/३ विकेट हात पारे l

डेब्युमा उत्कृस्ट बलिंग 

सिरिज अन्तर्गत तेश्रो टेस्टमा इंग्ल्याण्डको पहिलो इनिंग ३५३ रनमा समाप्त भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले अत्यन्त खराब ब्याटिंग गर्यो l दोश्रो दिनको समाप्तिमा १२६/८ को खराब स्थितिमा रहँदै इंग्ल्याण्डभन्दा २२७ रनले पछि परेको अफ्रीकालाई आफ्नो पहिलो टेस्ट खेलिरहेका टोबी रोलान्ड-जोनेसले अस्चार्यचकित बनाए l

जोनेसले दक्षिण अफ्रीकाको माथिल्लो ४ जना ब्याट्सम्यानलाई सस्तोमै पेभेलियन फर्काएका थिए जुन क्रममा ओपनर एल्गरलाई ८, कुह्नलाई १५, आम्लालाई ६ तथा डी ककलाई १७ रनमा आउट गरे l ११ ओभर बलिंग गर्ने क्रममा उनले ३ मेडन ओभर सहित ३९ रन खर्चेर ४ विकेट हात पारिसकेका छन् l

पहिलो ४ विकेट ४७ रनको कुल स्कोरमै गुमाएको दक्षिण अफ्रीकाले त्यसपछि पनि लगातार विकेट गुमाईरह्यो l कप्तान डु प्लेसिस १ रन बनाएर जेम्स एण्डरसनको शिकार हुन पुगे l

जोनेसले दक्षिण अफ्रीकाको माथिल्लो ४ जना ब्याट्सम्यानलाई सस्तोमै पेभेलियन फर्काए

टेम्बा बभुमाले अविजित ३४ रन बनाएर इंग्ल्याण्डलाई केहि राहत दिएका छन् भने कासिगो रबाडा ३० रन बनाएर आउट भए l

दुई देश बीच ४ टेस्ट म्याचको शृंखला १/१ को बराबरीमा रहेको छ l

धेरैले पढेको :-





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]