- विकेटनेपाल, १४ साउन
इंग्ल्याण्ड ३५३ ( १०३.२ ओभर ) : बेन स्टोक्स – ११२, एलेस्टर कुक ८८ , मोर्केल ३/७० , रबाडा ३/८५
दक्षिण अफ्रीका १२६/८ : बभुमा : ३४* , रोलान्ड-जोनेस ४/३९
इंग्ल्याण्डको लागि आफ्नो पहिलो टेस्ट खेल्ने क्रममा टोबी रोलान्ड-जोनेसले उत्कृस्ट बलिंग गर्दै ४ माथिल्लो क्रमका दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई आउट गरेपछि अफ्रीका माथि इंग्ल्याण्ड हावी भएको छ l

केंनिंगटन ओभल मैदानमा पहिलो दिन खराब स्थितिमा रहेको इंग्ल्याण्डले दोश्रो दिनको सुरुवातमै ८८ रन बनाएका एलेस्टर कुकलाई गुमायो l त्यसपछि बेन स्टोक्सले टेस्ट करियरको पाँचौ शतक प्रहार गर्ने क्रममा ११२ रन बनाउदै इंग्ल्याण्डको स्कोर ३५० पार गराएका थिए l त्यसक्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे l
इंग्ल्याण्डलाई ३५३ रनमा सिमित गरेको दक्षिण अफ्रीकाको लागि कासिगो रबाड़ा र मोर्ने मोर्केलले ३/३ विकेट हात पारे l
डेब्युमा उत्कृस्ट बलिंग
सिरिज अन्तर्गत तेश्रो टेस्टमा इंग्ल्याण्डको पहिलो इनिंग ३५३ रनमा समाप्त भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले अत्यन्त खराब ब्याटिंग गर्यो l दोश्रो दिनको समाप्तिमा १२६/८ को खराब स्थितिमा रहँदै इंग्ल्याण्डभन्दा २२७ रनले पछि परेको अफ्रीकालाई आफ्नो पहिलो टेस्ट खेलिरहेका टोबी रोलान्ड-जोनेसले अस्चार्यचकित बनाए l
जोनेसले दक्षिण अफ्रीकाको माथिल्लो ४ जना ब्याट्सम्यानलाई सस्तोमै पेभेलियन फर्काएका थिए जुन क्रममा ओपनर एल्गरलाई ८, कुह्नलाई १५, आम्लालाई ६ तथा डी ककलाई १७ रनमा आउट गरे l ११ ओभर बलिंग गर्ने क्रममा उनले ३ मेडन ओभर सहित ३९ रन खर्चेर ४ विकेट हात पारिसकेका छन् l
पहिलो ४ विकेट ४७ रनको कुल स्कोरमै गुमाएको दक्षिण अफ्रीकाले त्यसपछि पनि लगातार विकेट गुमाईरह्यो l कप्तान डु प्लेसिस १ रन बनाएर जेम्स एण्डरसनको शिकार हुन पुगे l

टेम्बा बभुमाले अविजित ३४ रन बनाएर इंग्ल्याण्डलाई केहि राहत दिएका छन् भने कासिगो रबाडा ३० रन बनाएर आउट भए l
दुई देश बीच ४ टेस्ट म्याचको शृंखला १/१ को बराबरीमा रहेको छ l
धेरैले पढेको :-
- भारतको बिशाल अग्रता, कोहलीले तोडे सचिनको किर्तिमान
- सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी ( प्रदर्शन सुची सहित )
- सन्दिपले ५ विकेट लिएपछि माइकल क्लार्कको यस्तो प्रतिक्रिया
- अभ्यास खेलमा नेपालविरुद्ध उत्रिए भारतीय रास्ट्रिय क्रिकेटर