ब्याटिंग दक्षिण अफ्रीकाको समस्या, बेयरस्टो ९९ रनमा आउट

२०७४ श्रावण २२, आईतवार ००:००

  • विकेटनेपाल, साउन २२

खराब ब्याटिंग गरेपछि दक्षिण अफिक्राले इंग्ल्याण्डसंग सिरिज बराबर गर्ने सम्भावना कम देखिन थालेको छ l

शृंखलामा २-१ ले पछि परेको दक्षिण अफ्रीकाले पहिलो इनिंगमा इंग्ल्याण्डलाई  ३६२ रनमा समेटेपछि दोश्रो दिनको अन्त्यसम्म दक्षिण अफ्रीकाले २२० रन बनाउदा ९ विकेट गुमाईसकेको छ l

यस अघि पहिलो दिन २६०/६ को स्कोरमा दिनको अन्त्य गरेको इंग्ल्याण्डको इनिंगलाई सातौ नम्बरमा ब्याटिंग गरेका विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टोले उकासेका थिए l १४ चौका र १ छक्का मदतले शतक बनाउन बाट मात्र १ रनले चुकेका बेयरस्टोलाई केशब महाराजले एलएलबिडब्लु धरापमा पारेका थिए l उनले बेन स्टोक्ससंग छैठौं विकेटको लागि ६५ रनको तथा जेम्स एण्डरसनसंग ५० रनको साझेदारी गरेका थिए l

पहिलो दिन इंग्ल्याण्डको लागि एलेस्टर कुकले ४६, जोए रुटले ५२ , बेन स्टोक्सले ५८ रनको योगदान दिएका थिए l

दक्षिण अफ्रिकी बलर कासिगो रबाडाले सर्बाधिक ४ विकेट लिए भने मोर्केल, डुन्नी ओलिभीयर र केशब महाराजले २/२ विकेट लिएका थिए l

दक्षिण अफ्रीकाको ओपनिंग जोडी पुनः फ्लप हुँदा मध्येक्रम ब्याट्सम्यानहरुले सुरुवात राम्रो गरे पनि ठुलो स्कोर बनाउन सकेनन् l हासिम आम्ला ३०, टेम्बा बभुमा ४६, कप्तान फाफ डु प्लेसिस २७ तथा क्वान्टन डिकक् २४ रन बनाएर आउट हुनपुगेका थिए l

घरेलु मैदान ओल्ड ट्राफर्डमा इंग्ल्याण्ड समर्थकहरुलाई खुसि बनाउन जेम्स एण्डरसन् एक्लैले ४ विकेट हात पारे l स्टुवार्ट ब्रोडले २ तथा मोइन अलिले २ विकेट लिए l

९९ रनमा एलबिडब्लु भएपछि बेयरस्टो

९९ मा आउट हुने रेकर्ड 

दक्षिण अफ्रीकासंग अन्तिमपटक सन् २००८ मा रिकी पोंटिंग ९९ रनमा आउट भएका थिए जसको करिब १० बर्षपछि बेयरस्टो नर्भस ९९ को सिकार भए l हालसम्म इंग्ल्याण्डका १५ जना खेलाडीहरु टेस्ट क्रिकेटमा ९९ रनको स्कोरमा आउट भएका छन् l

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy