ब्याटिंग दक्षिण अफ्रीकाको समस्या, बेयरस्टो ९९ रनमा आउट

  • विकेटनेपाल, साउन २२

खराब ब्याटिंग गरेपछि दक्षिण अफिक्राले इंग्ल्याण्डसंग सिरिज बराबर गर्ने सम्भावना कम देखिन थालेको छ l

शृंखलामा २-१ ले पछि परेको दक्षिण अफ्रीकाले पहिलो इनिंगमा इंग्ल्याण्डलाई  ३६२ रनमा समेटेपछि दोश्रो दिनको अन्त्यसम्म दक्षिण अफ्रीकाले २२० रन बनाउदा ९ विकेट गुमाईसकेको छ l

यस अघि पहिलो दिन २६०/६ को स्कोरमा दिनको अन्त्य गरेको इंग्ल्याण्डको इनिंगलाई सातौ नम्बरमा ब्याटिंग गरेका विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टोले उकासेका थिए l १४ चौका र १ छक्का मदतले शतक बनाउन बाट मात्र १ रनले चुकेका बेयरस्टोलाई केशब महाराजले एलएलबिडब्लु धरापमा पारेका थिए l उनले बेन स्टोक्ससंग छैठौं विकेटको लागि ६५ रनको तथा जेम्स एण्डरसनसंग ५० रनको साझेदारी गरेका थिए l

पहिलो दिन इंग्ल्याण्डको लागि एलेस्टर कुकले ४६, जोए रुटले ५२ , बेन स्टोक्सले ५८ रनको योगदान दिएका थिए l

दक्षिण अफ्रिकी बलर कासिगो रबाडाले सर्बाधिक ४ विकेट लिए भने मोर्केल, डुन्नी ओलिभीयर र केशब महाराजले २/२ विकेट लिएका थिए l

दक्षिण अफ्रीकाको ओपनिंग जोडी पुनः फ्लप हुँदा मध्येक्रम ब्याट्सम्यानहरुले सुरुवात राम्रो गरे पनि ठुलो स्कोर बनाउन सकेनन् l हासिम आम्ला ३०, टेम्बा बभुमा ४६, कप्तान फाफ डु प्लेसिस २७ तथा क्वान्टन डिकक् २४ रन बनाएर आउट हुनपुगेका थिए l

घरेलु मैदान ओल्ड ट्राफर्डमा इंग्ल्याण्ड समर्थकहरुलाई खुसि बनाउन जेम्स एण्डरसन् एक्लैले ४ विकेट हात पारे l स्टुवार्ट ब्रोडले २ तथा मोइन अलिले २ विकेट लिए l

९९ रनमा एलबिडब्लु भएपछि बेयरस्टो

९९ मा आउट हुने रेकर्ड 

दक्षिण अफ्रीकासंग अन्तिमपटक सन् २००८ मा रिकी पोंटिंग ९९ रनमा आउट भएका थिए जसको करिब १० बर्षपछि बेयरस्टो नर्भस ९९ को सिकार भए l हालसम्म इंग्ल्याण्डका १५ जना खेलाडीहरु टेस्ट क्रिकेटमा ९९ रनको स्कोरमा आउट भएका छन् l





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]