मेहबुब आलम आउट

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबले दिएको १९३ रनको लक्ष पछ्याउने क्रममा सिंगापुर इमर्जिंग स्टार्सको लागि ओपनिंग ब्याटिंग गर्न आएका मेहबुब आलम ४ रन बनाएर आउट भएका छन् l

श्रीलंकन रास्ट्रिय क्रिकेटर सचित्रा सेनानायकेले आलमलाई चौथो ओभरमा क्याच आउट गराएका हुन् l

आलमले ८ बलमा ४ रन बनाएका हुन् l बलिंगतर्फ भने आलमले २ विकेट हात पारेका थिए l

लक्ष पछ्याउने क्रममा बर्षाले खेल अबरुद्ध हुन पुगेको छ l यस अघि पनि खेल ढिला सुरु भएको कारण १७ ओभरमा छोट्याईएको थियो l

सिंगापुर इमर्जिंग स्टार्सको स्कोर ५.४ ओभरमा २६/२ रहेको छ l

पारस खड्का ब्याटिंग गर्न आउन बाँकीनै छ l यति बेला सुरेन्द्रन चन्द्रमोहन ६ तथा अर्जुन मुत्रेजा ३ रन बनाएर ब्याटिंग गरिरहेका छन् l

यस अघि टस हारेर ब्याटिंग गरेको सिंहालिज स्पोर्ट्स क्लबको लागि दासुन शनाकाले सर्बाधिक अविजित ७९ रन तथा मिनोध बानुकाले ५० रनको योगदान दिएका थिए l शानाकाले २७ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए l

बलिंगतर्फ सिंगापुरे टिमको लागि महबुब आलमले सर्बाधिक २ विकेट लिए भने पारस खड्काले १ तथा अखिल बालचन्द्रले १ विकेट हात पारेका थिए l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]