पोलार्डको बिस्फोटक ब्याटिंग

  • विकेटनेपाल, २७ साउन

काइरन पोलार्डले विस्फोटक ब्याटिंग गरेपछि क्यारेबियन प्रिमियर लिगको आठौं खेलमा बार्बडोस ट्रिडेन्टसले सेन्ट लुसिया स्टार्सलाई २१ रनले ( डी/एल मेथड ) पराजित गरेको छ l

टस जितेर पहिले ब्याटिंग गरेको बार्बडोसको लागि चौथो नम्बरमा ब्याटिंग गरेका पोलार्डले ६ छक्का र ५ चौका मदतले मात्र ३५ बलमा ८३ रन योगदान दिएका थिए l टिम कप्तान समेत रहेका पोलार्डको इनिंग मदतले २० ओभरमा बार्बडोसले १९६/४ को बिशाल योगफल तयार पारेको थियो l

पोलार्ड खेलको प्लेयर अफ द म्याच घोषित भए l

पोलार्डले ६ छक्का र ५ चौका मदतले मात्र ३५ बलमा ८३ रन योगदान दिए

यस अघि ओपनर ड्वेन स्मिथले ३६ तथा केन विलियमसनले ४६ रन योगदान दिएका थिए l स्मिथले ४ चौका र २ छक्का तथा विलियमसनले ५ चौका प्रहार गरे l

जवाफमा १९७ रन लक्ष पछ्याएको ड्यारेन सामी कप्तानीको लुसिया स्टार्सले १५.२ ओभरमा १२९/६ को स्कोर बनाउदा बर्षाले खेल रोकिएको थियो जसपछि डी/एल मेथडको आधारमा बिजेता घोषणा भएको थियो l

लक्ष पछ्याउने क्रममा एक समय ६४/६ को स्थितिमा रहेको लुसिया स्टार्सको स्कोरलाई सामीले विस्फोटक इनिंग खेल्दै अघि बढाएका थिए l अविजित ६० रन बनाएका उनले मात्र २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए l

बार्बडोसको लागि वायन पार्नेलले ३ तथा वहाव रियाजले २ विकेट लिएका थिए l

जित पछि अंक तालिकामा बार्बडोस ३ खेलमा २ जित र १ हार सहित ४ अंक बटुली दोश्रो स्थानमा रहेको छ l ४ अंकनै रहे पनि नेट रनरेटमा अघि रहँदै ट्रिनबागो नाइट राइडर पहिलो स्थानमा छ l तेश्रो र चौथो स्थानमा रहेको सेन्ट किट्स र जमाईका तल्वाहको पनि ४ अंकनै रहेको छ l

बार्बडोस ३ खेलमा २ जित र १ हार सहित ४ अंक बटुली दोश्रो स्थानमा रहेको छ l ©Cricinfo

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]