- विकेटनेपाल, २७ साउन
काइरन पोलार्डले विस्फोटक ब्याटिंग गरेपछि क्यारेबियन प्रिमियर लिगको आठौं खेलमा बार्बडोस ट्रिडेन्टसले सेन्ट लुसिया स्टार्सलाई २१ रनले ( डी/एल मेथड ) पराजित गरेको छ l
टस जितेर पहिले ब्याटिंग गरेको बार्बडोसको लागि चौथो नम्बरमा ब्याटिंग गरेका पोलार्डले ६ छक्का र ५ चौका मदतले मात्र ३५ बलमा ८३ रन योगदान दिएका थिए l टिम कप्तान समेत रहेका पोलार्डको इनिंग मदतले २० ओभरमा बार्बडोसले १९६/४ को बिशाल योगफल तयार पारेको थियो l
पोलार्ड खेलको प्लेयर अफ द म्याच घोषित भए l
यस अघि ओपनर ड्वेन स्मिथले ३६ तथा केन विलियमसनले ४६ रन योगदान दिएका थिए l स्मिथले ४ चौका र २ छक्का तथा विलियमसनले ५ चौका प्रहार गरे l
जवाफमा १९७ रन लक्ष पछ्याएको ड्यारेन सामी कप्तानीको लुसिया स्टार्सले १५.२ ओभरमा १२९/६ को स्कोर बनाउदा बर्षाले खेल रोकिएको थियो जसपछि डी/एल मेथडको आधारमा बिजेता घोषणा भएको थियो l
लक्ष पछ्याउने क्रममा एक समय ६४/६ को स्थितिमा रहेको लुसिया स्टार्सको स्कोरलाई सामीले विस्फोटक इनिंग खेल्दै अघि बढाएका थिए l अविजित ६० रन बनाएका उनले मात्र २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए l
बार्बडोसको लागि वायन पार्नेलले ३ तथा वहाव रियाजले २ विकेट लिएका थिए l
जित पछि अंक तालिकामा बार्बडोस ३ खेलमा २ जित र १ हार सहित ४ अंक बटुली दोश्रो स्थानमा रहेको छ l ४ अंकनै रहे पनि नेट रनरेटमा अघि रहँदै ट्रिनबागो नाइट राइडर पहिलो स्थानमा छ l तेश्रो र चौथो स्थानमा रहेको सेन्ट किट्स र जमाईका तल्वाहको पनि ४ अंकनै रहेको छ l