आज २ वटा खेल खेल्दै पारस-मेहबुबको टिम

u19 youth asia cup
  • विकेटनेपाल , २८ साउन

मेहबुब आलम र पारस खड्का सम्मेलित सिंगापुर इमर्जिंग स्टार टिमले सिंगापुर क्रिकेट क्लब इन्टरनेसनाल टि-२० प्रतियोगिता अन्तर्गत आज २ वटा खेल खेल्नेछ l

पहिलो खेलमा नेपाली समय अनुसार ९:३० बजे अस्ट्रेलियाको मेर्लबर्न क्रिकेट क्लब तथा दोश्रो खेलमा नेपाली समय १२:४५ बजे काउलुन क्रिकेट क्लब हंगकंगको सामना गर्नेछ l

पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबसंग ३६ रन ( डी/एल मेथड ) ले पराजित भएपछि टिमलाई सेमीफाइनल प्रवेश गर्न आज २ खेलमा जित आवस्यक छ l

काउलुन क्रिकेट क्लबमा हंगकंग रास्ट्रिय क्रिकेटरहरुको बर्चस्व रहेको छ जसको कप्तानी हंगकंग क्रिकेटर वकास बर्कतले गर्दै छन् भने किन्चित शाह , अन्शुमन रथ, निजाकत खान जस्ता हंगकंग रास्ट्रिय क्रिकेटर टिममा छन् l

काउलुन क्रिकेट क्लब टिम 

Waqas Barkat (c), Adit Gorawara, Karandeep Singh, Ashley Caddy, Scott McKechnie, Sunny Bhimsaria, Matthew Stiller, Suhaib Ahmad, Vishal Sharma, Kinchit Shah, Anshuman Rath, Shahid Wasif, Nizakat Khan.
Manager: Charlie Burke

यस्तै पहिलो खेलमा अस्ट्रेलियाको सबैभन्दा पुरानो क्रिकेट क्लब मेर्लबर्न क्रिकेट क्लबसंग नेपालको प्रतिस्पर्धा हुनेछ l

मर्लबर्न क्रिकेट क्लब टिम 

Matthew Brown (c), Sam Brewin, Meyrick Buchanan¸ Kieran Elliott, Jack Harper, Jackson Koop, Wilson McGillivray, Brad Melville, Zac Mevissen, Will O’Brien, Patrick Rowe¸ Sean Sturrock, Blake Thomson

प्रतियोगिताको समुह ‘बि’ मा नेपाल सहित उक्त सिंहालिज स्पोर्ट्स क्लब, मेर्लबर्न क्रिकेट क्लब, काउलुन क्रिकेट क्लब ( हंगकंग ) रहेका छन् l

समुह ‘बि’ अन्तर्गत हिजो भएको खेलमा मेर्लबर्न क्रिकेट क्लबले काउलुन क्रिकेट क्लबलाई  ८ विकेटले पराजित गरेको थियो l यस्तै अर्को खेलमा सिंहालिज स्पोर्ट्स क्लबले काउलुन क्रिकेट क्लबलाई ३० रनले ( डी/एल ) पराजित गरिसकेको छ l

मेहबुब आलमले पहिलो खेलमा २ विकेट तथा पारस खड्काले पनि १ विकेट लिएका थिए l आलमले ब्याटिंगतर्फ भने ४ रन मा आउट हुँदा वर्षाले पुरा हुन नपाएको खेलमा पारसले ब्याटिंग गर्न पाएनन् l

 

आज नेपालले खेल्ने दुवै खेलको अपडेट WicketNepal मा हुनेछ l





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]