Sudurpaschim Province vs Gandaki Province Live



आज २ वटा खेल खेल्दै पारस-मेहबुबको टिम

u19 youth asia cup
  • विकेटनेपाल , २८ साउन

मेहबुब आलम र पारस खड्का सम्मेलित सिंगापुर इमर्जिंग स्टार टिमले सिंगापुर क्रिकेट क्लब इन्टरनेसनाल टि-२० प्रतियोगिता अन्तर्गत आज २ वटा खेल खेल्नेछ l

पहिलो खेलमा नेपाली समय अनुसार ९:३० बजे अस्ट्रेलियाको मेर्लबर्न क्रिकेट क्लब तथा दोश्रो खेलमा नेपाली समय १२:४५ बजे काउलुन क्रिकेट क्लब हंगकंगको सामना गर्नेछ l

पहिलो खेलमा सिंहालिज स्पोर्ट्स क्लबसंग ३६ रन ( डी/एल मेथड ) ले पराजित भएपछि टिमलाई सेमीफाइनल प्रवेश गर्न आज २ खेलमा जित आवस्यक छ l

काउलुन क्रिकेट क्लबमा हंगकंग रास्ट्रिय क्रिकेटरहरुको बर्चस्व रहेको छ जसको कप्तानी हंगकंग क्रिकेटर वकास बर्कतले गर्दै छन् भने किन्चित शाह , अन्शुमन रथ, निजाकत खान जस्ता हंगकंग रास्ट्रिय क्रिकेटर टिममा छन् l

काउलुन क्रिकेट क्लब टिम 

Waqas Barkat (c), Adit Gorawara, Karandeep Singh, Ashley Caddy, Scott McKechnie, Sunny Bhimsaria, Matthew Stiller, Suhaib Ahmad, Vishal Sharma, Kinchit Shah, Anshuman Rath, Shahid Wasif, Nizakat Khan.
Manager: Charlie Burke

यस्तै पहिलो खेलमा अस्ट्रेलियाको सबैभन्दा पुरानो क्रिकेट क्लब मेर्लबर्न क्रिकेट क्लबसंग नेपालको प्रतिस्पर्धा हुनेछ l

मर्लबर्न क्रिकेट क्लब टिम 

Matthew Brown (c), Sam Brewin, Meyrick Buchanan¸ Kieran Elliott, Jack Harper, Jackson Koop, Wilson McGillivray, Brad Melville, Zac Mevissen, Will O’Brien, Patrick Rowe¸ Sean Sturrock, Blake Thomson

प्रतियोगिताको समुह ‘बि’ मा नेपाल सहित उक्त सिंहालिज स्पोर्ट्स क्लब, मेर्लबर्न क्रिकेट क्लब, काउलुन क्रिकेट क्लब ( हंगकंग ) रहेका छन् l

समुह ‘बि’ अन्तर्गत हिजो भएको खेलमा मेर्लबर्न क्रिकेट क्लबले काउलुन क्रिकेट क्लबलाई  ८ विकेटले पराजित गरेको थियो l यस्तै अर्को खेलमा सिंहालिज स्पोर्ट्स क्लबले काउलुन क्रिकेट क्लबलाई ३० रनले ( डी/एल ) पराजित गरिसकेको छ l

मेहबुब आलमले पहिलो खेलमा २ विकेट तथा पारस खड्काले पनि १ विकेट लिएका थिए l आलमले ब्याटिंगतर्फ भने ४ रन मा आउट हुँदा वर्षाले पुरा हुन नपाएको खेलमा पारसले ब्याटिंग गर्न पाएनन् l

 

आज नेपालले खेल्ने दुवै खेलको अपडेट WicketNepal मा हुनेछ l





थप समाचार

लिग-२ : स्कटल्याण्डलाई हराउदै तेश्रो स्थानमा उक्लियो नामिबिया

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको चौंथो खेलमा नामिबियाले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ। युनाइटेड क्रिकेट क्लब मैदान विन्ढोकमा […]

मिलन चम्किंदा, सुदूरपश्चिम बन्यो यु-१९ राष्ट्रिय च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। गत वर्ष लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई […]

नेपाललाई ३ विकेटले पराजित गर्दै स्कटल्याण्ड लिग-२ को शिर्षमा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल स्कटल्याण्डसंग ३ विकेटले पराजित भएको […]

स्कटल्याण्डसंग चलेन नेपालको ब्याटिंग, १३७ रनमै सिमित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारि त्रिकोणात्मक सिरिजमा आफ्नो दोश्रो खेलमा नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। खेलमा टस हारेर ब्याटिंग […]

नेत्रहीन टी–२० विश्वकपमा सहभागी हुने नेपाली टिमको विदाइ

तेश्रो नेत्रहीन टी– २० क्रिेकट विश्व कपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका […]

U19 National : लुम्बिनी र सुदूरपश्चिम फाइनलमा

लगातार दोश्रो वर्ष अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिताको लिग चरणको […]