सुरु भयो तेश्रो टेस्ट, जडेजाको सट्टा कुलदिप

  • विकेटनेपाल, २७ साउन

भारत र श्रीलंका बीच टेस्ट सिरिज अन्तर्गत तेश्रो तथा अन्तिम टेस्ट म्याच पालेकेले क्रिकेट मैदानमा सुरु भएको छ l

कप्तान बिराट कोहलीले लगातार तेश्रो पटक टस जितेपछि पुनः पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ l

श्रीलंकाले यस अघि सम्पन्न २ वटा टेस्टमा ठुलो अन्तरको हार बेहोरीसकेको छ l पहिलो टेस्टमा ३०४ रनले तथा दोश्रो टेस्टमा इनिंग र ५३ रनले भारत बिजयी भएको थियो l

दोश्रो टेस्टमा आईसीसीले अनुशासनको कारबाही गर्दै १ खेलको प्रतिबन्ध गरेपछि रबिन्द्र जडेजाको सट्टा देब्रेहाते चाइनाम्यान बलर कुलदिप यादबले खेल्ने मौका पाएका छन् l

रबिन्द्र जडेजाको सट्टा देब्रेहाते चाइनाम्यान बलर कुलदिप यादबले मौका पाएका छन् ©Cricket Australia

उता देब्रेहाते स्पिनर लक्षण सन्दकनले घाइते भएका रंगना हेराथको ठाउँ लिएका छन् l यस्तै श्रीलंकाले लहिरु कुमारा र विश्व फर्नान्डोलाई मौका दिंदै धनन्जय डी सिल्भा र घाइते नुवान प्रदिपलाई प्रतिस्थापन गरेको छ l

शिखर धवन र केएल राहुलले भारतको लागि ओपनिंग ब्याटिंग गरिरहेका छन् l यो समाचार तयार गर्दासम्म भारतको स्कोर ५३/० ( ८.४ ओभर ) रहेको छ l शिखर २७ र कुलदिप २५ रन बनाएर ब्याटिंग गरिरहेका छन् l  प्रत्यक्षअपडेटको लागि यो लिंक 

India

1 Shikhar Dhawan, 2 KL Rahul, 3 Cheteshwar Pujara, 4 Virat Kohli (capt), 5 Ajinkya Rahane, 6 R Ashwin, 7 Wriddhiman Saha (wk), 8 Hardik Pandya, 9 Kuldeep Yadav, 10 Mohammed Shami, 11 Umesh Yadav.

Sri Lanka

1 Upul Tharanga, 2 Dimuth Karunaratne, 3 Kusal Mendis, 4 Dinesh Chandimal (capt), 5 Angelo Mathews, 6 Niroshan Dickwella (wk), 7 Dilruwan Perera, 8 Malinda Pushpakumara, 9 Lakshan Sandakan, 10 Lahiru Kumara, 11 Vishwa Fernando.





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]