पारस खड्काले सुरुवातमै दिलाए विकेट

सिंगापुर इमर्जिंग स्टार्सले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा ब्याटिंग गरेको काउलुन क्रिकेट क्लबलाई पारस खड्काले सुरुवातमै झट्का दिएका छन् l

पारसले खतरनाक देखिएका ओपनर निजाकत खानलाइ १६ रनको व्यक्तिगत स्कोरमा क्याच आउट गराएका थिए l

पारसले २ ओभरमा २६ रन खर्चेर १ विकेट दिलाएका छन् भने मेहबुब आलमले १ ओभरमा ७ रन खर्चे पनि विकेट लिन सकेका छैनन् l

लक्ष पछ्याउने क्रममा काउलुनले छैठौ ओभरमा ६१ रनको स्कोरमा ३ विकेट गुमाईसकेको छ l

काउलुनले १७ ओभरमा लक्ष पछ्याउनु पर्नेछ l  यो खेल जिते इमर्जिंग स्टार्स टिम सेमीफाइनलमा प्रवेश गर्नेछ l

यस अघि वर्षाको कारण ढिला सुरु भएपछि १७ ओभरको इनिंगमा छोट्याएर खेलाईएको इनिंगमा इमर्जिंग स्टार्सको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रन योगदान दिए l शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए l

यस्तै ओपनिंग ब्याट्सम्यान चामिन्दा रुवानले ४२ रन ( २७ बल, २ छक्का, ५ चौका ) को योगदान दिए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३१ रन योगदान दिएका थिए l

चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्काले मात्र २ रन बनाउन सकेका थिए भने मेहबुब आलमले सातौ नम्बरमा ब्याटिंग गर्दै अविजित १३ रन बनाए l आलमले ९ बलमा २ चौका प्रहार गरे l

काउलुनको लागि  सुहेब एह्मदले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा २० रन खर्चिएका थिए l





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]