पारस खड्काले सुरुवातमै दिलाए विकेट

सिंगापुर इमर्जिंग स्टार्सले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा ब्याटिंग गरेको काउलुन क्रिकेट क्लबलाई पारस खड्काले सुरुवातमै झट्का दिएका छन् l

पारसले खतरनाक देखिएका ओपनर निजाकत खानलाइ १६ रनको व्यक्तिगत स्कोरमा क्याच आउट गराएका थिए l

पारसले २ ओभरमा २६ रन खर्चेर १ विकेट दिलाएका छन् भने मेहबुब आलमले १ ओभरमा ७ रन खर्चे पनि विकेट लिन सकेका छैनन् l

लक्ष पछ्याउने क्रममा काउलुनले छैठौ ओभरमा ६१ रनको स्कोरमा ३ विकेट गुमाईसकेको छ l

काउलुनले १७ ओभरमा लक्ष पछ्याउनु पर्नेछ l  यो खेल जिते इमर्जिंग स्टार्स टिम सेमीफाइनलमा प्रवेश गर्नेछ l

यस अघि वर्षाको कारण ढिला सुरु भएपछि १७ ओभरको इनिंगमा छोट्याएर खेलाईएको इनिंगमा इमर्जिंग स्टार्सको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रन योगदान दिए l शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए l

यस्तै ओपनिंग ब्याट्सम्यान चामिन्दा रुवानले ४२ रन ( २७ बल, २ छक्का, ५ चौका ) को योगदान दिए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३१ रन योगदान दिएका थिए l

चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्काले मात्र २ रन बनाउन सकेका थिए भने मेहबुब आलमले सातौ नम्बरमा ब्याटिंग गर्दै अविजित १३ रन बनाए l आलमले ९ बलमा २ चौका प्रहार गरे l

काउलुनको लागि  सुहेब एह्मदले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा २० रन खर्चिएका थिए l

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy