पारस-मेहबुबको सिंगापुर इमर्जिंग स्टार्स सेमीफाइनलमा

  • विकेटनेपाल, २७ साउन

लगातार दोश्रो जित हात पार्दै पारस खड्का र मेहबुब आलमको टिम सिंगापुर इमर्जिंग स्टार्स सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ l

हिजो सिंहालिज स्पोर्ट्स क्लबसंग हार बेहोरेको स्टार्सले आज सम्पन दुई वटै खेलमा जित हात पार्यो l आजको पहिलो खेलमा मेलबर्न क्रिकेट क्लबलाई २९ रनले ( डीएल मेथड ) पराजित गरेको स्टार्सले दोश्रो खेलमा हंगकंगको काउलुन क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो l  ( हेर्नुस स्कोरकार्ड )

समुह ‘बि’ बाट यसअघिनै ३ वटै खेल जित्दै सिहालिज स्पोर्ट्स क्लब सेमीफाइनलमा पुगीसकेको छ l यस्तै समुह ‘ए’ बाट मद्रास क्रिकेट क्लब र सिड्नी क्रिकेट ग्राउण्ड सेमीफाइनलमा प्रवेश गरिसकेको छ l

भोलि आइतबार हुने सेमीफाइनलमा सिंगापुर इमर्जिंग स्टार्सले समुह ‘ए’ को बिजेता मद्रास क्रिकेट क्लबको सामना गर्नेछ l

सिंगापुर इमर्जिंग स्टार्सले पहिले ब्याटिंग गर्दै निर्धारित १७ ओभरमा बनाएको १९० रनको प्रतिउत्तरमा ब्याटिंग गरेको काउलुनले  पुरै ओभर ब्याटिंग गर्दै १२७ रन मात्रै बनाउन सकेपछि ६३ रनको हार बेहोर्यो l काउलुन क्लबले समुह ‘बि’ अन्तर्गत ३ वटै खेलमा पराजित भयो l

काउलुनको लागि ओपनर म्याथु स्टिलरले र वकास बर्कातले समान २७ रनको योगदान दिएका थिए l काउलुनलाई लक्ष सम्म पुग्न नदिन स्टार्सका बलर प्रमोद राजाले सर्बाधिक ३ विकेट तथा धर्मीचन्द मुलेवाले २ विकेट हात पारेका थिए l पारस खड्का, अखिल बालचन्द्र र अनन्त कृष्णले समान १/१ विकेट दिलाए l

वर्षाको कारण ढिला सुरु भएपछि १७ ओभरको इनिंगमा छोट्याएर खेलाईएको इनिंगमा इमर्जिंग स्टार्सको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रन योगदान दिए l शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए l

यस्तै ओपनिंग ब्याट्सम्यान चामिन्दा रुवानले ४२ रन ( २७ बल, २ छक्का, ५ चौका ) को योगदान दिए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३१ रन योगदान दिएका थिए l

चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्काले मात्र २ रन बनाउन सकेका थिए भने मेहबुब आलमले सातौ नम्बरमा ब्याटिंग गर्दै अविजित १३ रन बनाए l आलमले ९ बलमा २ चौका प्रहार गरे l

काउलुनको लागि  सुहेब एह्मदले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा २० रन खर्चिएका थिए l

 

 





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]