पारस-मेहबुबको सिंगापुर इमर्जिंग स्टार्स सेमीफाइनलमा

  • विकेटनेपाल, २७ साउन

लगातार दोश्रो जित हात पार्दै पारस खड्का र मेहबुब आलमको टिम सिंगापुर इमर्जिंग स्टार्स सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ l

हिजो सिंहालिज स्पोर्ट्स क्लबसंग हार बेहोरेको स्टार्सले आज सम्पन दुई वटै खेलमा जित हात पार्यो l आजको पहिलो खेलमा मेलबर्न क्रिकेट क्लबलाई २९ रनले ( डीएल मेथड ) पराजित गरेको स्टार्सले दोश्रो खेलमा हंगकंगको काउलुन क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो l  ( हेर्नुस स्कोरकार्ड )

समुह ‘बि’ बाट यसअघिनै ३ वटै खेल जित्दै सिहालिज स्पोर्ट्स क्लब सेमीफाइनलमा पुगीसकेको छ l यस्तै समुह ‘ए’ बाट मद्रास क्रिकेट क्लब र सिड्नी क्रिकेट ग्राउण्ड सेमीफाइनलमा प्रवेश गरिसकेको छ l

भोलि आइतबार हुने सेमीफाइनलमा सिंगापुर इमर्जिंग स्टार्सले समुह ‘ए’ को बिजेता मद्रास क्रिकेट क्लबको सामना गर्नेछ l

सिंगापुर इमर्जिंग स्टार्सले पहिले ब्याटिंग गर्दै निर्धारित १७ ओभरमा बनाएको १९० रनको प्रतिउत्तरमा ब्याटिंग गरेको काउलुनले  पुरै ओभर ब्याटिंग गर्दै १२७ रन मात्रै बनाउन सकेपछि ६३ रनको हार बेहोर्यो l काउलुन क्लबले समुह ‘बि’ अन्तर्गत ३ वटै खेलमा पराजित भयो l

काउलुनको लागि ओपनर म्याथु स्टिलरले र वकास बर्कातले समान २७ रनको योगदान दिएका थिए l काउलुनलाई लक्ष सम्म पुग्न नदिन स्टार्सका बलर प्रमोद राजाले सर्बाधिक ३ विकेट तथा धर्मीचन्द मुलेवाले २ विकेट हात पारेका थिए l पारस खड्का, अखिल बालचन्द्र र अनन्त कृष्णले समान १/१ विकेट दिलाए l

वर्षाको कारण ढिला सुरु भएपछि १७ ओभरको इनिंगमा छोट्याएर खेलाईएको इनिंगमा इमर्जिंग स्टार्सको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रन योगदान दिए l शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए l

यस्तै ओपनिंग ब्याट्सम्यान चामिन्दा रुवानले ४२ रन ( २७ बल, २ छक्का, ५ चौका ) को योगदान दिए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३१ रन योगदान दिएका थिए l

चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्काले मात्र २ रन बनाउन सकेका थिए भने मेहबुब आलमले सातौ नम्बरमा ब्याटिंग गर्दै अविजित १३ रन बनाए l आलमले ९ बलमा २ चौका प्रहार गरे l

काउलुनको लागि  सुहेब एह्मदले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा २० रन खर्चिएका थिए l

 

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy