सिंगापुर इमर्जिंग र मद्रास क्रिकेट क्लब बीच सेमीफाईनल

  • विकेटनेपाल-२७ साउन

सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको सिंगापुर इमर्जिंग स्टार्सले आइतबार बिहान भारतको मद्रास क्रिकेट क्लबको सामना गर्नेछ l

खेल नेपाली समय बिहान ६:१५ बजे सुरु हुनेछ l प्रत्यक्ष अपडेट यो लिंकमा हुनेछ 

मद्रास समुह ‘ए’ बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो जसले आज सम्पन्न समुह चरणको ३ वटै खेलमा जित सहित शिर्ष स्थानमा रहँदै सेमीफाइनल यात्रा तय गरेको हो l सिंगापुर इमर्जिंग स्टार्सले भने ३ मध्ये २ खेलमा जित र १ खेलमा हार बेहोर्दै समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको हो l

समुह ‘बि’ बाट श्रीलंकाको सिन्हालिज स्पोर्ट्स क्लब बिजेताको रुपमा तथा समुह ‘ए’ बाट अस्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउण्ड ११ उपविजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको हो l

पारस खड्का र मेहबुब आलम सेम्मेलित इमर्जिंग स्टार्सलाई मद्रास क्रिकेट क्लब बिरुद्ध जित पक्कै सहज हुने छैन l मद्रासले समुहमा ३ वटा खेल जित्ने क्रममा रोलिन नेसनल क्रिकेट एकेडमीलाई २४ रनले, सिड्नी क्रिकेट ग्राउण्ड टिमलाई ७ विकेटले ( डी/एल मेथड ) , तथा सिंगापुर क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको थियो l

भारतीय यु-१९ रास्ट्रिय क्रिकेटर समित पटेल लगायत इन्डियन प्रिमियर लिग खेलेका खेलाडीहरुको बर्चस्व मद्रास टिममा छ ©ICC/Getty

आईपीएल खेलीसकेका खेलाडीहरुको वर्चस्व रहेको मद्रास टिममा राइजिंग पुने खेलाडी राहुल त्रिपाठी, कोलकाता, हैदराबाद र डेक्कन चार्जर्सका खेलाडी बिरप्रताप सिंह, मुम्बई इन्डियन्स खेलाडी अलि मुर्तजा, किंग्स-११ पन्जाब तथा सनराइजर्स हैदरावाद खेलाडी बिपुल शर्मा, गुजरात लायन्स खेलाडी आकाशदिप नाथ  तथा भारत यु-१९ को लागि खेलीसकेका समित पटेल  जस्ता खेलाडी रहेका छन् l

खेलको प्रत्यक्ष अपडेट यो लिंकमा हुनेछ 

 

 





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]