एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा मलेसियाले पहिले ब्याटिंग गर्दै नेपाललाई १२२ रनको लक्ष प्रस्तुत गरेको छ l
किनरारा ओभल मैदानमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो l
मलेसिया कुनै बेला ६४-१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए l
कप्तान ऐरीले अफ स्पिन बलिंग गर्दै सर्बाधिक ५ विकेट लिए l उनले ८ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित २९ रन खर्चेका थिए l यस्तै पवन सर्राफले २ विकेट हात पारेका थिए भने शाहब आलम, सन्दिप लामिछाने र रोहित पौडेलले १-१ विकेट आफ्नो नाम गरे l
दिपेन्द्रले यस अघि भुटानसंगको खेलमा पनि ५ विकेट हात पारेका थिए l
मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए l यस्तै मोहम्मद शाहरियलले १६ रन योगदान दिए l
खेलको स्कोर यो लिंकमा क्लिक हेर्नुहोला
अपडेट र फेसबुक लाइभको लागि विकेटनेपाल फेसबुक पेज हेर्नु होला ( क्लिक गर्नुस )