नेक्ससमा बिसीसीआई प्रशिक्षकको प्रशिक्षण

२०७४ आश्विन १८, बुधबार ००:००

  • विकेटनेपाल, असोज १८ 

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाण्डौमा असोज १५ गते आईतबारबाट संचालन भएको ३ दिने अन्डर सिक्सटीन उमेर समुहको बिशेष क्याम्प मंगलबार सम्पन्न भएको छ ।

खेलाडीको क्षेमतामा निखार ल्याउने उद्देश्यले संचालित उक्त क्याम्प भारतको देहेरादुनमा कार्यरत बिसिसीआई लेभल टु प्रशिक्षक राहुल साहानीको प्रशिक्षणमा सम्पन्न भएको हो । काठमाण्डौका बिभिन्न क्रिकेट एकेडेमी हरुमा प्रशिक्षणमा रहेका २१ जना खेलाडीहरु क्याम्पमा सहभागी भएका थिए । क्याम्पमा सहभागी खेलाडीहरु अब्बल रहेको बताउदै साहानीले कुशल प्रशिक्षकको प्रशिक्षणमा नियमित प्रशिक्षण गरेको खण्डमा भबिश्यमा राम्रा खेलाडी हुने बताउनु भयो ।

उक्त क्याम्पको मंगलबार एक समारोहका बीच समापन गरिएको छ । सोही समारोहमा प्रशिक्षक साहानीलाई बिदाई गर्दै नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले नेक्ससको प्रयासलाई सफल पार्न सहयोग गर्नु भएकोमा प्रशिक्षक साहानीलाई बिशेष धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा सहयोगको अपेक्षा ब्यक्त गनुभयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy