नेक्ससमा बिसीसीआई प्रशिक्षकको प्रशिक्षण

  • विकेटनेपाल, असोज १८ 

नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाण्डौमा असोज १५ गते आईतबारबाट संचालन भएको ३ दिने अन्डर सिक्सटीन उमेर समुहको बिशेष क्याम्प मंगलबार सम्पन्न भएको छ ।

खेलाडीको क्षेमतामा निखार ल्याउने उद्देश्यले संचालित उक्त क्याम्प भारतको देहेरादुनमा कार्यरत बिसिसीआई लेभल टु प्रशिक्षक राहुल साहानीको प्रशिक्षणमा सम्पन्न भएको हो । काठमाण्डौका बिभिन्न क्रिकेट एकेडेमी हरुमा प्रशिक्षणमा रहेका २१ जना खेलाडीहरु क्याम्पमा सहभागी भएका थिए । क्याम्पमा सहभागी खेलाडीहरु अब्बल रहेको बताउदै साहानीले कुशल प्रशिक्षकको प्रशिक्षणमा नियमित प्रशिक्षण गरेको खण्डमा भबिश्यमा राम्रा खेलाडी हुने बताउनु भयो ।

उक्त क्याम्पको मंगलबार एक समारोहका बीच समापन गरिएको छ । सोही समारोहमा प्रशिक्षक साहानीलाई बिदाई गर्दै नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले नेक्ससको प्रयासलाई सफल पार्न सहयोग गर्नु भएकोमा प्रशिक्षक साहानीलाई बिशेष धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा सहयोगको अपेक्षा ब्यक्त गनुभयो ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]