बिश्वकप खेल्ने दृस्टीबिहिन टिमलाई साहसको प्रायोजन

  • विकेटनेपाल, कार्तिक १३ 

सन् २०१८ जनवरीमा पाकिस्तान र युएईले संयुक्त रुपमा आयोजना गर्ने पाँचौ एकदिवसीय दृस्टी बिहिन बिश्वकप प्रतियोगिता खेल्ने नेपाली दृस्टीबिहिन क्रिकेट टिमलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ ।

खेलकुदको पोसाक उत्पादक साहस स्पोर्ट्सले प्रायोजन बापत दृस्टीबिहिन क्रिकेट टिमलाई ३ बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि आवस्यक जर्सी, ट्रयाकसुट उपलब्ध गराउनेछ । सोमबार एक कार्यक्रमका बीच साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपाने र नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले ३ बर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

जनवरी १० देखि २५ सम्म संचालन हुने बिश्व कप क्रिकेटको तयारीमा रहेको दृस्टीबिहिन क्रिकेट टिमले गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गर्नसकेको थियो । सो प्रतियोगितामा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार  गरेका थिए । उक्त दोहोरो शतक  दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो । सोहि प्रदर्शनको लागि यो बर्ष सम्पन्न पल्सर स्पोर्ट्स अवार्डमा बडेलले पारा एथलेट अवार्ड पाएका थिए ।

बिश्वकपमा न्युजिल्याण्ड बिरुद्ध ऐतिहासिक दोहोरो शतक प्रहार गरेका पदम बडेलले पारा एथलेट अवार्ड पाएका थिए

बडेलले पारा एथलेट अवार्ड पाउदा उनलाई अवार्ड प्रदान गर्ने साहस स्पोर्ट्सका निर्देशक जनक न्यौपानेनै थिए । साहसले यस अघि पनि भलिबल खेलाडी प्रतिभा मालीलाई ब्राण्ड एम्बासडर गरेको थियो भने रास्ट्रिय भलिबल टिमलाई जर्सी प्रायोजन समेत गर्दै आएको छ।

नेत्रहिन क्रिकेटसंघको स्थापना सन् २००६ मा भएको थियो । सन् २०१२ र २०१७ गरि नेपाली दृस्टीबिहिन क्रिकेट टिमले २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ।

 

 

 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]