- विकेटनेपाल, कार्तिक १३
सन् २०१८ जनवरीमा पाकिस्तान र युएईले संयुक्त रुपमा आयोजना गर्ने पाँचौ एकदिवसीय दृस्टी बिहिन बिश्वकप प्रतियोगिता खेल्ने नेपाली दृस्टीबिहिन क्रिकेट टिमलाई साहस स्पोर्ट्सले प्रायोजन गरेको छ ।
खेलकुदको पोसाक उत्पादक साहस स्पोर्ट्सले प्रायोजन बापत दृस्टीबिहिन क्रिकेट टिमलाई ३ बर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि आवस्यक जर्सी, ट्रयाकसुट उपलब्ध गराउनेछ । सोमबार एक कार्यक्रमका बीच साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपाने र नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले ३ बर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
जनवरी १० देखि २५ सम्म संचालन हुने बिश्व कप क्रिकेटको तयारीमा रहेको दृस्टीबिहिन क्रिकेट टिमले गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गर्नसकेको थियो । सो प्रतियोगितामा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उक्त दोहोरो शतक दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो । सोहि प्रदर्शनको लागि यो बर्ष सम्पन्न पल्सर स्पोर्ट्स अवार्डमा बडेलले पारा एथलेट अवार्ड पाएका थिए ।
बडेलले पारा एथलेट अवार्ड पाउदा उनलाई अवार्ड प्रदान गर्ने साहस स्पोर्ट्सका निर्देशक जनक न्यौपानेनै थिए । साहसले यस अघि पनि भलिबल खेलाडी प्रतिभा मालीलाई ब्राण्ड एम्बासडर गरेको थियो भने रास्ट्रिय भलिबल टिमलाई जर्सी प्रायोजन समेत गर्दै आएको छ।
नेत्रहिन क्रिकेटसंघको स्थापना सन् २००६ मा भएको थियो । सन् २०१२ र २०१७ गरि नेपाली दृस्टीबिहिन क्रिकेट टिमले २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ।