सन्दिपको उत्कृस्ट बलिंगमा मलेसिया ४५ रनमै अलआउट

sandeep lamichhane

सन्दिप लामिछानेले ५ विकेट हात पारेपछि नेपाल यु-१९ क्रिकेट टिमले मलेसिया यु-१९ लाई ४५ रनमै सिमित गरेको छ l

बायुमास ओभलमा यु-१९ युथ एसिया कपको तेश्रो खेल वर्षाले ढिला सुरु भएको थियो l निर्धारित समय भन्दा ५ घण्टा ढिला सुरु भएको खेलमा नेपालले टस जित्यो र पहिले बलिंग गर्ने निर्णय गर्यो l

वर्षाको कारण खेल २४ ओभरमा झारिएको थियो l

लगातार पानि परेपछि रोकिएको मौसमको नेपालले फाइदा उठायो र लगातार विकेट लिंदै मलेसियालाई ४५ रनमै खुम्च्यायो l

नेपालको लागि सन्दिप लामिछानेले सर्बाधिक ५ विकेट तथा दिपेन्द्र ऐरी र शाहब आलमले २/२ विकेट आफ्नो नाम गरेका छन् l यस्तै अनिल कुमार शाहले १ विकेट हात पारे l

सन्दिपले ४.३ ओभर बलिंग गर्दै ८ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् l यस्तै कप्तान दिपेन्द्र ऐरीले २ ओभरमा १ मेडन ओभर सहित १ रन दिएर २ विकेट लिए भने शाहब आलमले ३ ओभरमा ३ रन खर्चदै २ विकेट आफ्नो नाम गरे l

नेपालले मलेसियासंगको खेल ठुलो अन्तरले जित हात पार्नुपर्ने आवस्यकता रहेको छ l अंकतालिकामा भारत र नेपालको १/१ जित रहेको छ र भारत नेट रनरेटको आधारमा अघि रहेको छ l

यो अवस्थामा यदी बंगलादेशले भारतलाई पराजित गरे र नेपालले खेल जिते नेपाल स्वतः सेमीफाइनल प्रवेश गर्नेछ l यदी भारतले बंगलादेशलाई तथा नेपालले मलेसियालाई पराजित गरेको खण्डमा नेट रनरेटको आधारमा फैसला हुनेछ l

यदी नेपालले खेल जित्यो तथा भारत-बंगलादेश खेल बराबरीमा रोकियो भने नेपाल सेमीफाइनल प्रवेश गर्नेछ l

भारतले बंगलादेशसंग जारि खेलको पहिलो इनिंगमा ब्याटिंग गर्दै निर्धारित ३२ ओभरमा १८७ रनको स्कोर खडा गरेको छ l

( फिचर फोटो – फाइल )

फाइल फोटो




थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]