पहिलो टेस्टमा भारत पराजित, फिलान्डरको उत्कृस्ट बलिंगमा दक्षिण अफ्रीकाको रोमान्चक जीत

  • विकेटनेपाल, २४ पौष – सोमबार 

पहिलो टेस्टमा भारतलाई ७२ रनले पराजित गर्दै ३ टेस्टको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता लिएको छ।

केप-टाउनमा सम्पन्न टेस्टको चौथो दिन भारतलाई जितको लागि २०८ रन आवस्यक थियो तर ४२.४ ओभरमा १३४ रनको योगफलमा सम्पूर्ण टिम पेभेलियन फर्किएपछि दक्षिण अफ्रीकाले जित हात पार्यो।

भारतलाई सस्तोमा समेट्दै नतिजा आफ्नो पक्षमा पार्न अफ्रिकी बलर भेर्नोन फिलान्डर एक्लैले ६ विकेट हात पारेका थिए। टेस्ट करियरकै उत्कृस्ट बलिंग गरेका उनले १५.४ ओभर बलिंग गर्ने क्रममा ४ मेडन ओभर फाल्दै ४२ रन खर्चिए। यस्तै मोर्ने मोर्केलले २ ( ११-१-३९-२ ) र कासिगो रबाडाले २ ( १२-२-४१-२ ) विकेट आफ्नो नाम गरे।

फिलाण्डरले करियरकै उत्कृस्ट बलिंग गरे

भारतको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका रबिचन्द्रन आश्विनले सर्बाधिक ३७ रन बनाएर संघर्ष गरे पनि जितको लागि पर्याप्त भएन। कप्तान बिराट कोहलीले २८, शिखर धवनले १६, भुवनेश्वर कुमारले अविजित १३ तथा मुरली विजयले १३ रन बनाए।

आठौँ विकेटको लागि आश्विन र भुवनेश्वर कुमारले ४९ रन जोड्दै घरेलु टिमको जितमा बाधा बनेपनि फिलान्डरले दोश्रो इनिंगको ४३ औं ओभरमा ३ विकेट लिंदै जित दिलाएका थिए। उक्त ओभरमा उनले आश्विन, मोहम्मद शामी र जस्प्रित बुम्राको विकेट लिए।

विकेटपछि बिराट कोहली

दक्षिण अफ्रीका दोश्रो इनिंग 

वर्षाको कारण तेश्रो दिन खेल पुरै प्रभावित भएपछि चौथो दिन दक्षिण अफ्रीकाले ६५/२ को अवस्थामा ब्याटिंग सुरु गरेको थियो।

चौथो दिन पहिलो सत्रमा दक्षिण अफ्रीकालाई लन्च भन्दा अगाडीलाई अलआउट गर्न भारतीय बलर जस्प्रित बुम्रा र मोहम्मद शामीले ३/३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे। हार्दिक पण्ड्या पनि २ विकेट यस अघिनै आफ्नो नाम गरेका थिए।

दक्षिण अफ्रीकाको लागि ओपनिंग ब्याट्सम्यानद्वय एडेन मार्क्रम र डीन एल्गरले क्रमशः ३४ र २५ रन बनाए। एबी डीभिल्लर्सले ३५ तथा केशभ महाराजले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २८६ रन बनाएको थियो जसको जवाफमा भारतले २०९ रन मात्रै बनाउन सकेको थियो।

दुई टिम बीच आगामी टेस्ट जनवरी १३ मा सेन्चुरियनमा खेलिनेछ।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]