कोहली आउट भएपछि आत्महत्या प्रयास गरेका फ्यानको मृत्यु

  • विकेटनेपाल, २५ पौष- मंगलबार 

दक्षिण अफ्रीका र भारत बीच जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा बिराट कोहली मात्र ५ रनमा आउट भएपछि आत्महत्याको प्रयास गरेका भारतीय फ्यानको मंगलबार मृत्यु भएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार ६३ वर्ष उमेर भएका मध्यप्रदेश रत्लम जिल्लाका बाबुलाल बरियाले कोहलीको विकेट पछि आफ्नै शरीरमा आगो लगाएका थिए। केपटाउनमा सम्पन्न पहिलो टेस्टमा कोहली मात्र ५ रनमै आउट भएपछि उनले उक्त गम्भीर कदम चालेको पुलिस अधिकारीले बताएका छन्। बाबुलाल रिटायर्ड रेलवे अफिसर थिए।

रत्लम रोड पुलिस स्टेसनका एसिस्टेन्ट सब इन्स्पेक्टर राम सिंहका अनुसार बाबुलाल बैरभाले आफ्नो टाउकोमा मट्टीतेल खन्याएर आगो लगाएका थिए। घटनापछि अस्पताल पुर्याइएको उनको मंगलबार बिहान ७:५० बजे निधन भएको हो। राम सिंहका अनुसार बरियाले कोहली आउट भएपछि आफु निकै निराश भएको बताएका थिए।

क्रिकेट हेर्दा उनि रक्सिले मातिएको अवस्थामा रहेको हुन सक्ने शंका गरिएको छ।

“परिवारका सदस्यहरुलाई उनि चिच्याउन थालेपछि घटना थाहा भएको थियो जसपछि तुरुन्तै उनलाई उपचारको लागि जिल्ला हस्पिटल लागिएको थियो। उनको मुख, टाउको र हात जलेको अवस्थामा थियो र ६० प्रतिशत हिस्सा जलेको थियो।”  सब इन्स्पेक्टर राम सिंहले बताए ।

पहिलो टेस्टमा दक्षिण अफ्रीकासंग हार बेहोर्ने क्रममा बिराट कोहली पहिलो इनिंगमा ५ रनको स्कोरमा मोर्ने मोर्केलद्वारा आउट भएका थिए भने दोश्रो इनिंगमा २८ रनको स्कोरमा फिलान्डरको बलमा आउट भएका थिए। भारतले टेस्ट ७२ रनले हारेको थियो

समाचार श्रोत- हिन्दुस्तान टाइम्स 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]