कोहली आउट भएपछि आत्महत्या प्रयास गरेका फ्यानको मृत्यु

२०७४ पुष २५, मंगलवार १६:४५

  • विकेटनेपाल, २५ पौष- मंगलबार 

दक्षिण अफ्रीका र भारत बीच जारि टेस्ट सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंगमा बिराट कोहली मात्र ५ रनमा आउट भएपछि आत्महत्याको प्रयास गरेका भारतीय फ्यानको मंगलबार मृत्यु भएको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार ६३ वर्ष उमेर भएका मध्यप्रदेश रत्लम जिल्लाका बाबुलाल बरियाले कोहलीको विकेट पछि आफ्नै शरीरमा आगो लगाएका थिए। केपटाउनमा सम्पन्न पहिलो टेस्टमा कोहली मात्र ५ रनमै आउट भएपछि उनले उक्त गम्भीर कदम चालेको पुलिस अधिकारीले बताएका छन्। बाबुलाल रिटायर्ड रेलवे अफिसर थिए।

रत्लम रोड पुलिस स्टेसनका एसिस्टेन्ट सब इन्स्पेक्टर राम सिंहका अनुसार बाबुलाल बैरभाले आफ्नो टाउकोमा मट्टीतेल खन्याएर आगो लगाएका थिए। घटनापछि अस्पताल पुर्याइएको उनको मंगलबार बिहान ७:५० बजे निधन भएको हो। राम सिंहका अनुसार बरियाले कोहली आउट भएपछि आफु निकै निराश भएको बताएका थिए।

क्रिकेट हेर्दा उनि रक्सिले मातिएको अवस्थामा रहेको हुन सक्ने शंका गरिएको छ।

“परिवारका सदस्यहरुलाई उनि चिच्याउन थालेपछि घटना थाहा भएको थियो जसपछि तुरुन्तै उनलाई उपचारको लागि जिल्ला हस्पिटल लागिएको थियो। उनको मुख, टाउको र हात जलेको अवस्थामा थियो र ६० प्रतिशत हिस्सा जलेको थियो।”  सब इन्स्पेक्टर राम सिंहले बताए ।

पहिलो टेस्टमा दक्षिण अफ्रीकासंग हार बेहोर्ने क्रममा बिराट कोहली पहिलो इनिंगमा ५ रनको स्कोरमा मोर्ने मोर्केलद्वारा आउट भएका थिए भने दोश्रो इनिंगमा २८ रनको स्कोरमा फिलान्डरको बलमा आउट भएका थिए। भारतले टेस्ट ७२ रनले हारेको थियो

समाचार श्रोत- हिन्दुस्तान टाइम्स 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy