दक्षिण अफ्रिकालाई जितको लागि २४१ रनको लक्ष्य

२०७४ माघ १२, शुक्रबार २०:२५

  • विकेटनेपाल, माघ १२ – शुक्रबार

जारि भारत र दक्षिण अफ्रिका बिचको तेस्रो टेस्ट क्रिकेट खेलमा दक्षिण अफ्रिकाले अन्तिम पारीमा जितको लागि २४१ रनको लक्ष्य पाएको छ।

दोश्रो दिनको समाप्तीमा ४९/१ सहित ४२ रनको अग्रता लिएको भारतले तेस्रो दिन कठिन पिचमा उत्कृस्ट ब्याटिंग गर्दै २४७ रनमा सबै विकेट गुमाएपछि घरेलु टोलीलाई जितको लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि जारि सिरिजमा पहिलो खेल खेलिरहेका अजिंक्या रहानेले सर्बाधिक ४८ रन प्रहार गरे भने कप्तान विराट कोहलीले पनि ४१ रनको पारी खेले। रहानेले ६८ बलमा ६ चौका तथा कोहलीले ७९ बलमा ६ चौका प्रहार गरे। मुरली विजयले २५ रन बनाए।

रहानेले ४८ रन बनाए 

 

त्यस्तै तल्लोक्रममा पहिलो टेस्टमा उत्कृस्ट खेल देखाएपनि दोश्रो टेस्टमा खेल्न नपाएका भुवनेश्वर कुमारले पनि महत्त्वपूर्ण ३३ रनको पारि खेले भने मोहम्मद शामीले पनि अहिलेसम्म खेलकै एकमात्र छक्का सहित २७ रन प्रहार गरे।

दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केल, कगीसो रबाडा र भेर्नान फिलान्डरले ३/३ विकेट हात पारे।

टेस्टमा टस जितेर ब्याटिंग गरेको भारत १८७ रनमै अलआउट भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो दिन १९४ रनमा सबै विकेट गुमाएपछि पहिलो इनिंगमा ७ रनको अग्रता लिएको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy