दक्षिण अफ्रिकालाई जितको लागि २४१ रनको लक्ष्य

  • विकेटनेपाल, माघ १२ – शुक्रबार

जारि भारत र दक्षिण अफ्रिका बिचको तेस्रो टेस्ट क्रिकेट खेलमा दक्षिण अफ्रिकाले अन्तिम पारीमा जितको लागि २४१ रनको लक्ष्य पाएको छ।

दोश्रो दिनको समाप्तीमा ४९/१ सहित ४२ रनको अग्रता लिएको भारतले तेस्रो दिन कठिन पिचमा उत्कृस्ट ब्याटिंग गर्दै २४७ रनमा सबै विकेट गुमाएपछि घरेलु टोलीलाई जितको लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

भारतका लागि जारि सिरिजमा पहिलो खेल खेलिरहेका अजिंक्या रहानेले सर्बाधिक ४८ रन प्रहार गरे भने कप्तान विराट कोहलीले पनि ४१ रनको पारी खेले। रहानेले ६८ बलमा ६ चौका तथा कोहलीले ७९ बलमा ६ चौका प्रहार गरे। मुरली विजयले २५ रन बनाए।

रहानेले ४८ रन बनाए 

 

त्यस्तै तल्लोक्रममा पहिलो टेस्टमा उत्कृस्ट खेल देखाएपनि दोश्रो टेस्टमा खेल्न नपाएका भुवनेश्वर कुमारले पनि महत्त्वपूर्ण ३३ रनको पारि खेले भने मोहम्मद शामीले पनि अहिलेसम्म खेलकै एकमात्र छक्का सहित २७ रन प्रहार गरे।

दक्षिण अफ्रिकाका लागि मोर्ने मोर्केल, कगीसो रबाडा र भेर्नान फिलान्डरले ३/३ विकेट हात पारे।

टेस्टमा टस जितेर ब्याटिंग गरेको भारत १८७ रनमै अलआउट भएपछि ब्याटिंग गरेको दक्षिण अफ्रीकाले दोश्रो दिन १९४ रनमा सबै विकेट गुमाएपछि पहिलो इनिंगमा ७ रनको अग्रता लिएको थियो।

 





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]