स्टेनलेक र फिन्च चम्किँदा अस्ट्रेलियाले पाकिस्तानलाई सहजै हरायो

  • विकेटनेपाल, असार १८ – सोमबार

जिम्बाबेमा जारि अस्ट्रेलिया र पाकिस्तान समेत सम्मिलित टि२० त्रिकोणात्मक शृंखलाको दोश्रो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५५ बल बाँकी रहँदै ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। यस अघि हिजो भएको खेलमा पाकिस्तानले घरेलु टिम जिम्बाबेलाई पराजित गरेको थियो।

बिल्ली स्टेनलेक

अस्ट्रेलियाको जितमा म्यान अफ द म्याच समेत घोषित तिब्र गतिका बलर बिल्ली स्टेनलेकले ४ विकेट लिन मात्र ८ रन खर्चिंदै पाकिस्तानको माथिल्लोक्रम ध्वस्त पारे भने ब्याटिंगमा कप्तान एरोन फिन्चले अविजित ६८ रन (३३ बल, ४ चौका, ६ छक्का) को आक्रामक पारि खेले।

हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पाकिस्तानले टस हारेर पहिले ब्याटिंग गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। उसका लागि सादब खानले २९ रन, असिफ अलिले २२ रन तथा फहीम अशरफले २१ रन बनाएका थिए। अस्ट्रेलियाका लागि स्टेनलेकका अलावा एन्ड्रीउ टाईले ३ विकेट लिएका थिए।

लक्ष्य पछ्याएको अस्ट्रेलियाले कप्तान वार्नरको अर्धशतकका साथै ट्रेविस हेडको २० रन र डार्सी सर्टको १५ रनको मद्दतमा १०.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानका लागि एकमात्र विकेट हसन अलिले लिए।

त्रिकोणात्मक शृंखला अन्तर्गत जुलाई ३ तारिखमा अस्ट्रेलिया र जिम्बाबेबीच खेल हुनेछ ।

Pakistan 116 all-out in 19.5 overs (Shadab Khan 29; Billy Stanlake 4-8, Andrew Tye 3-38) lost to Australia 117/1 in 10.5 overs (Finch 68*; Hasan Ali 1-18) by 9 wickets.





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]