नेपालद्वारा मलेसियालाई १२८ रनको लक्ष – सेमीफाइनल

  • विकेटनेपाल, पुष १ 

एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै मलेसियालाई १२८ रनको लक्ष दिएको छ।

स्कोरकार्ड

टेर्ड थाई मैदान थाईल्याण्डमा जारि खेलमा निर्धारित ३४ ओभरको इनिंगमा नेपालले ८ विकेट गुमाई १२७ रनको स्कोर बनाएको हो।

वर्षाको कारण ढिला सुरु भएको खेल ३५ बाट ३४ ओभरमा झारिएको थियो।

टस जितेको मलेसियाले खेल अघि वर्षाको फाइदा उठायो र नेपाललाई दबाबमा राख्न सफल भयो। नेपालले सुरुवात देखि निरन्तर  गुमाउदै पहिलो ५ विकेट ६७ रनको योगफलमै गुमाउन पुगेको थियो।

नेपालको लागि पुछारका ब्याट्सम्यानहरुले रन बनाउदै सम्मानजनक स्कोर तर्फ टिमलाई डोर्याएका थिए। आठौँ नम्बरमा ब्याटिंग गरेका प्रतिस जिसीले सर्बाधिक २५ रन योगदान दिए असल २२ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै नारायण जोशी र सुनिल भण्डारीले समान १७ रनको योगदान दिए।

यस अघि ओपनर कुशल मल्ल ६ र राजन मगर ११ रन बनाएर आउट भए पछि तेश्रो नम्बरमा ब्याटिंग गरेका बिसाल बिक्रम केसीले पनि १५ रनमै विकेट गुमाउन पुगे। अघिल्लो खेलमा म्यानमार बिरुद्ध शतक प्रहार गरेका कप्तान रित गौतम पनि ११ रन मै आउट भए। प्रतियोगितामा उत्कृस्ट लयमा देखिएका तृत राज दासले पनि १३ रन मात्रै बनाउन सकेका थिए।

अनुशासित बलिंग गरेको मलेसियाको लागि मोहम्मद अफिकले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १९ रन खर्चिए भने असलम खानले २ विकेट आफ्नो नाम गरे। अतिरिक्त रनको रुपमा मलेसियाले मात्र ५ रन खर्चिएको थियो।

नेपालले यस अघि समुह चरणको सबै खेलमा जित हात पार्दै समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको फाइनल खेल सोमबार खेलिनेछ।

खेलको फोटोहरु – 




 





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]