नेपालद्वारा मलेसियालाई १२८ रनको लक्ष – सेमीफाइनल

२०७४ पुष १, शनिबार ०६:३५

  • विकेटनेपाल, पुष १ 

एसीसी यु-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिंग गर्दै मलेसियालाई १२८ रनको लक्ष दिएको छ।

स्कोरकार्ड

टेर्ड थाई मैदान थाईल्याण्डमा जारि खेलमा निर्धारित ३४ ओभरको इनिंगमा नेपालले ८ विकेट गुमाई १२७ रनको स्कोर बनाएको हो।

वर्षाको कारण ढिला सुरु भएको खेल ३५ बाट ३४ ओभरमा झारिएको थियो।

टस जितेको मलेसियाले खेल अघि वर्षाको फाइदा उठायो र नेपाललाई दबाबमा राख्न सफल भयो। नेपालले सुरुवात देखि निरन्तर  गुमाउदै पहिलो ५ विकेट ६७ रनको योगफलमै गुमाउन पुगेको थियो।

नेपालको लागि पुछारका ब्याट्सम्यानहरुले रन बनाउदै सम्मानजनक स्कोर तर्फ टिमलाई डोर्याएका थिए। आठौँ नम्बरमा ब्याटिंग गरेका प्रतिस जिसीले सर्बाधिक २५ रन योगदान दिए असल २२ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै नारायण जोशी र सुनिल भण्डारीले समान १७ रनको योगदान दिए।

यस अघि ओपनर कुशल मल्ल ६ र राजन मगर ११ रन बनाएर आउट भए पछि तेश्रो नम्बरमा ब्याटिंग गरेका बिसाल बिक्रम केसीले पनि १५ रनमै विकेट गुमाउन पुगे। अघिल्लो खेलमा म्यानमार बिरुद्ध शतक प्रहार गरेका कप्तान रित गौतम पनि ११ रन मै आउट भए। प्रतियोगितामा उत्कृस्ट लयमा देखिएका तृत राज दासले पनि १३ रन मात्रै बनाउन सकेका थिए।

अनुशासित बलिंग गरेको मलेसियाको लागि मोहम्मद अफिकले सर्बाधिक ३ विकेट हात पार्न ४ ओभरमा १९ रन खर्चिए भने असलम खानले २ विकेट आफ्नो नाम गरे। अतिरिक्त रनको रुपमा मलेसियाले मात्र ५ रन खर्चिएको थियो।

नेपालले यस अघि समुह चरणको सबै खेलमा जित हात पार्दै समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको फाइनल खेल सोमबार खेलिनेछ।

खेलको फोटोहरु – 




 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy