भारतका विश्वकप हिरो युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन्।

मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छु। र अब अघि बढ्नका लागि मैले बिदा माग्ने समय आएको छ। मेरो करियर एक रोलर कोस्टरको यात्रा झैँ भएको छ र यसले अनेकौं कथा दिएको छ।

सन् २००० मा भारतीय टोलीका लागि डेब्यु गरेका युवराज सिंहले ४० टेस्ट, ३०४ एक दिवसीय र ५८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा भारतका लागि सबैभन्दा ठूला म्याच विनरका रुपमा चिनिएका युवराजको नाममा ८,७०१ एक दिवसीय रन र १११ विकेट रहेको छ।

सन् २००७ को टि-२० विश्वकप क्रिकेट र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट भारतलाई जिताउन युवराजको ठूलो भूमिका रहेको थियो। सन् २०११ को विश्वकपमा प्रतियोगिताका उत्कृस्ट खेलाडी चुनिएका युवराजले सन्  २००७ को टि-२० विश्वकपमा समेत सानदार प्रदर्शन गरेका थिए। सोहि टि-२० विश्वकपको क्रममा इंग्ल्याण्ड बिरुद्धको खेलमा युवराजले स्टुअर्ट ब्रोडको एकै ओभरमा ६ छक्का समेत प्रहार गरेका थिए।

सन् २०११ को विश्वकप पछि ब्लड क्यान्सरबाट ग्रसित भएका युवराजले आफ्नो करियरमा पुन: पुनरागमन गरे। पछिल्लो पटक सन् २०१७ मा वेस्ट इन्डिज भ्रमणको क्रममा भारतीय एक दिवसीय टोलीमा रहेका युवराजले त्यसयता भने अन्तर्राष्ट्रिय क्रिकेटमा स्थान बनाउन सकेका थिएनन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]