भारतका विश्वकप हिरो युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतलाई सन् २००७ को टि-२० विश्वकप र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट जिताउन महत्वपूर्ण भूमिका खेलेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट र आइपिएलबाट सन्यासको घोषणा गरेका छन्।

मुम्बईमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युवराजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको बताए। युवराजले भने, ” म १७ बर्ष यता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छु। र अब अघि बढ्नका लागि मैले बिदा माग्ने समय आएको छ। मेरो करियर एक रोलर कोस्टरको यात्रा झैँ भएको छ र यसले अनेकौं कथा दिएको छ।

सन् २००० मा भारतीय टोलीका लागि डेब्यु गरेका युवराज सिंहले ४० टेस्ट, ३०४ एक दिवसीय र ५८ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा भारतका लागि सबैभन्दा ठूला म्याच विनरका रुपमा चिनिएका युवराजको नाममा ८,७०१ एक दिवसीय रन र १११ विकेट रहेको छ।

सन् २००७ को टि-२० विश्वकप क्रिकेट र सन् २०११ को एक दिवसीय विश्वकप क्रिकेट भारतलाई जिताउन युवराजको ठूलो भूमिका रहेको थियो। सन् २०११ को विश्वकपमा प्रतियोगिताका उत्कृस्ट खेलाडी चुनिएका युवराजले सन्  २००७ को टि-२० विश्वकपमा समेत सानदार प्रदर्शन गरेका थिए। सोहि टि-२० विश्वकपको क्रममा इंग्ल्याण्ड बिरुद्धको खेलमा युवराजले स्टुअर्ट ब्रोडको एकै ओभरमा ६ छक्का समेत प्रहार गरेका थिए।

सन् २०११ को विश्वकप पछि ब्लड क्यान्सरबाट ग्रसित भएका युवराजले आफ्नो करियरमा पुन: पुनरागमन गरे। पछिल्लो पटक सन् २०१७ मा वेस्ट इन्डिज भ्रमणको क्रममा भारतीय एक दिवसीय टोलीमा रहेका युवराजले त्यसयता भने अन्तर्राष्ट्रिय क्रिकेटमा स्थान बनाउन सकेका थिएनन्।





थप समाचार

टियुलाई सुविधा सम्पन्न बनाउँने सरकारको निर्णय

काठमाडौं । नेपालको सबैभन्दा पुरानो कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई सुविधासपन्न बनाउँने सरकारले पहिलो निर्णय गरेको छ । सोमबार बसेको नवनिर्वाचित […]

विश्वकपका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेत्रहिन क्रिकेट संघ नेपालले चौथो नेत्रहिन क्रिकेट विश्वकपका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । सोमबार […]

चौधरी बने खेलकुद मन्त्री

काठमाडौं । तेजुलाल चौधरी सोमबार युवा तथा खेलकुदमन्त्री बनेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ मन्त्रीमण्डलमा नेपाली कांग्रेसका […]

जिम्बावेविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं । जिम्बावेविरुद्धको पाँच खेलको टी-२० आईको सिरिज पाहुना टोली भारतले ४-१ ले जितेको छ । आईतबार भएको सिरिजको पाँचौ […]

पोन्टिङ मुख्य प्रशिक्षकबाट हटाइए

काठमाडौं । रिकी पोन्टिङले इन्डियन प्रिमियर लिग (आइपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक पदबाट हटाईएका छन् । २०२५ को आईपीएलको […]

एन्डरसनको स्थान वुडले लिने

काठमाडौं । इंग्ल्यान्डले तीव्र गतिका बलर जेम्स एन्डरसनले सन्यास लिएपछि वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टका लागि मार्क वुडलाई टोलीमा समावेश गरेको […]