आयरल्याण्डका टेक्टर लुम्बिनीबाट नेपाल टि-२० खेल्ने

आइरिस क्रिकेटर ह्यारी टेक्टर नेपाल टि-ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्सबाट नेपाल टि-ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन्।

अलस्टार्सले यस अघि हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रुपमा आवद्ध गरिसकेको छ भने अझै एक जना विदेशी खेलाडी आवद्ध गर्ने बताईएको छ।

२३ वर्षीय मध्यक्रम ब्याट्सम्यान टेक्टरले आयरल्याण्डको लागि २३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५१ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा २ शतक र ७ अर्धशतक मद्दतले ८९५ रन तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ३ अर्धहातक मद्दतले ८३६ रन बनाएका छन्। उनले स्कटल्याण्ड विरुद्ध तिन वर्षी अघि २०१९ मा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने २०२० मा इंग्ल्यान्ड विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

लुम्बिनीले प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पूर्व प्रथम श्रेणी क्रिकेटर पिटर ट्रेगोलाई नियुक्त गरेको छ।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको टिममा राष्ट्रिय क्रिकेटरहरु कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो टिममा छन्।

लुम्बिनी अल स्टार्स टिम : दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो, योगेन्द्र सिंह कार्की, आकाश चन्द, हरमित सिंह, ह्यारी टेक्टर, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था

सम्बन्धित :

Nepal T20 : भिडियो मार्फत लुम्बिनी अल स्टार्सको जर्सी सार्वजनिक

Nepal T20 : वेस्टइन्डिजका विलियम्स जनकपुरमा आवद्ध

Nepal T20 : विराटनगरले भित्र्यायो पाकिस्तानी क्रिकेटर





थप समाचार

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]

गायकवाड शतकबाट चुक्दा हैदराबादले पायो २१३ रनको लक्ष्य

काठमाडौं । कप्तान ऋतुराज गायकवाड शतकबाट २ रनले चुक्दा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर […]

ज्याक्सको शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । विल ज्याक्सको शतकीय इनिङको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को ४५ औं खेलमा रोयल च्यालेनजर्स बेंगलूरुले […]