आइरिस क्रिकेटर ह्यारी टेक्टर नेपाल टि-ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्सबाट नेपाल टि-ट्वान्टी लिगमा लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका छन्।
अलस्टार्सले यस अघि हरमित सिंह, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रुपमा आवद्ध गरिसकेको छ भने अझै एक जना विदेशी खेलाडी आवद्ध गर्ने बताईएको छ।
२३ वर्षीय मध्यक्रम ब्याट्सम्यान टेक्टरले आयरल्याण्डको लागि २३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५१ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा २ शतक र ७ अर्धशतक मद्दतले ८९५ रन तथा टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ३ अर्धहातक मद्दतले ८३६ रन बनाएका छन्। उनले स्कटल्याण्ड विरुद्ध तिन वर्षी अघि २०१९ मा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने २०२० मा इंग्ल्यान्ड विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
लुम्बिनीले प्रशिक्षकको रुपमा इंग्ल्यान्डका पूर्व प्रथम श्रेणी क्रिकेटर पिटर ट्रेगोलाई नियुक्त गरेको छ।
दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको टिममा राष्ट्रिय क्रिकेटरहरु कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो टिममा छन्।
लुम्बिनी अल स्टार्स टिम : दिपेन्द्र ऐरी, कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, सुनिल धमला, अनिल शाह, इशान पाण्डे, किशोर महतो, योगेन्द्र सिंह कार्की, आकाश चन्द, हरमित सिंह, ह्यारी टेक्टर, बिपुल शर्मा, प्याट ब्राउन, नुवान थुसारा र लाहिरु मिलान्था
सम्बन्धित :
Nepal T20 : भिडियो मार्फत लुम्बिनी अल स्टार्सको जर्सी सार्वजनिक
