१ सयौं खेलमा वार्नरलाई प्लेयर अफ दि म्याच

काठमाडौं । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले आफ्नो १ सयौं टी-ट्वान्टी खेलमा प्लेयर अफ दि म्याच अवार्ड पाएका छन् ।

वेस्टइन्डिजविरुद्ध शुक्रबार भएको टी-ट्वान्टीआई खेलमा वार्नरले आफ्नो १ सय खेल पूरा गरेका हुन् । वार्नरले २००९ जनवरी ११ मा दक्षिण अफ्रिकाविरुद्ध टी-ट्वान्टीआई डेब्यु गरेका थिए ।

वार्नरले टेस्ट, ओडिआई तथा टी-ट्वान्टी आईको आफ्नो १ सयौं खेलमा प्लेयर अफ दि म्याच बन्ने कीर्तिमान समेत बनाएका छन् । वार्नरको १ सयौं टी-ट्वान्टी खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिज माथि ११ रनको जित दर्ता गरेको छ ।

होबार्टमा भएको खेलमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो ।

२ सय १४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र जोड्यो । यो जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अग्रता बनाएको छ ।

यसै महिना टेस्ट क्रिकेटबाट सन्न्यास लिएका वार्नरले ३६ बलमा ७० रनको अर्धशतकीय इनिङ खेल्दै बलियो सुरुवात दिलाएका थिए । उनले १२ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो खेल आइतबार हुनेछ ।





थप समाचार

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]

दीपेन्द्रको सानदार ब्याटिङमा नेपालको जित

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीको सानदार फिनिसको सहयोगमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले […]

नेपालले पायो १९७ रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सबाट १ सय ९७ रनको लक्ष्य पाएको छ । […]